नागरिक अगुवा पाण्डे र पहाडी भन्छन् –ओलीको काम प्रतिगमनको औजार, देउवाको ढुलमुले चरित्रले चिन्ता
काठमाडौं । नागरिक अगुवाद्वय डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कार्य प्रतिगमनको औजार भएको बताएका छन् । त्यस्तै उनीहरुले यस्तो बेलामा आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको बिषय भएको बताएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ भने आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको बिषय भएको छ’ पाण्डे र पहाडीले आइतबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नागरिकमा बढ्दै गएको बितृष्णालाई अन्त्य गर्न प्रमुख राजनीतिक दलहरुले बिगतमा गरेका गल्तिहरु प्रति क्षमा याचना गरुन् ।’
साथै उनीहरुले भविष्यमा त्यस्ता गल्ति नदोहोर्याउने प्रतिबद्धता सहित सुशासनको प्रत्याभूति गर्न र सक्षम, सवल लोकतान्त्रिक प्रणालीको विकास र मुलुकको सर्वाङ्गीण उन्नतिका लागि मार्गचित्र तय गर्न प्रतिनिधिसभा भित्र र बाहिरका राजनीतिक शक्तिहरु एकजुट हुन आह्वान गरेका छन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण