मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
आइतबार, २६ पुस २०७७, १२ : २४
मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–३ निवासी २६ वर्षीय सोनाम वाइवा रहेका छन् ।
लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा बा.४४ प ७६५६ नं को मोटरसाइकल शनिबार अपरान्ह दुर्घटना भई घाइते भएका वाइवालाई उपचारार्थ अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला