बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु,  ९ हजार ६ सय ५० श्रमिकलाई  राहत

आइतबार, २६ पुस २०७७, १२ : १९
आइतबार, २६ पुस २०७७

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र  मलेसिया १ जनाको  निधन भएको हो ।   

  संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या  ३ सय १७ पुगेको  छ ।   

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५१ हजार १ सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।   

समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथअफ्रीका, युके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।   
यसैबीच एनआरएनए र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा कोभिड १९ को विश्वव्यापी प्रभाव  पछि १ लाख ८६ हजार ६६ जना  नेपालीको उद्धार गरिएको छ ।  गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार समितिका संयोजक डा बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन  गैरआवासीय नेपाली संघ सकृय रुपमा लागेको छ ।   

विदेशका बिभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट,  अदालती जरिवाना, उद्धार तथा राहत दिइएको पनि गैरआवासीय नेपाली संघले जनाएको छ।  

संघले साउदी, मलेसिया, कतार, संयुक्त अरबइमिरेट्स (यूएई), बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ।  
हालसम्म गैरआवासीय नेपाली संघले ८ सय ६२ जनालाई काठमाडौंबाट गन्तब्यसम्म पुग्न निःशुल्क बस भाडा श्वरुप आर्थिक सहयोग समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप