५० बिगाहामा लगाएको गाँजाखेती प्रहरीद्वारा नस्ट
आइतबार, २६ पुस २०७७, १२ : ०२

काठमाडौँ – मकवानपुर जिल्लामा अवैध रुपमा लगाइएको गाँजा र अफिम खेती प्रहरीले नस्ट गरेको छ ।
शुक्रबार र शनिबार प्रहरीले मकवानपुरको राक्सिङ–२ को माङ्सिराङ, चनौडा, सुनारीसौरा, गोठरी, भाटीबेसी, पंजरीमा गरी ५० बिगाहामा लगाएको गाँजा र ५ बिगाहामा लगाइएको अफिम खेती नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) इन्द्र बहादुर रानाले रातोपाटीलाई बताए ।
डिएसपी रानाका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको ५० जना प्रहरीको टोलीले उक्त अवैध लागूऔषध खेती नष्ट गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा
-
रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)
-
२० करोड बराबरको यार्सागुम्बा निर्यात
-
सभापति देउवाद्वारा डङ्गोलको निधनप्रति दुःख व्यक्त
-
एनएसएल फाइनल : पोखराले रोक्न सक्ला साबिक विजेता ललितपुरको अपराजित यात्रा ?
-
रितेशको फिल्म सुटिङमा दुर्घटना : एकको शव फेला, छायांकन रोकियो