शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सपथमा ट्रम्प नआउने खबरको बाइडेनले गरे स्वागत

आइतबार, २६ पुस २०७७, ११ : ५५
आइतबार, २६ पुस २०७७

बहिगर्मनको संघारमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेन र नयाँ उपराष्ट्रपति हमला ह्यारिसको सपथ कार्यक्रममा उपस्थित नहुने घोषणा गरिसकेका छन् । यद्यपी, ट्रम्प प्रशासनका उपराष्ट्रपति माइक पेन्स भने यो कार्यक्रममा उपस्थित हुनेछन् । 

पेन्सले सपथमा उपस्थित हुने निर्णय लिएको शनिबार एनबिसी र रोयटर्समा प्रकाशित समाचारमा उल्लेख छ । ट्रम्पले शुक्रबार बाइडेनको सपथमा उपस्थित नहुने घोषणा गरेका थिए । यस समाचारको स्वागत गर्दै बाइडेनले भनेका छन्,‘उनी र म दुबै सहमत भएका थोरै कुरामध्ये यो एक हो । मैले उनीबारे बनाएका गलत धारणालाई पनि उनले पार गरेका छन् । उनी अमेरिकी इतिहासमा अति काम नलाग्ने राष्ट्रपतिमध्ये एक हुन् ।’

सपथ समारोहमा पेन्सको उपस्थितलाई भने आफुले स्वागत गर्ने बाइडेनले बताएका छन् । यस निर्णयसँगै पछिल्लो चार वर्षदेखि ट्रम्पप्रति बफादार रहदैं आएका उपराष्ट्रपति पेन्सले यो साता कम्तिमा दुईपटक ट्रम्पलाई चिढ्याउने भएका छन् । साताको सुरुवातमा ट्रम्पको आग्रह विपरीत उनले बाइडेनको इलेक्टोरल विजयलाई प्रमाणिकरण गरेका थिए । प्रमाणिकरणपछि ट्रम्पले ट्वीटरमा पेन्सविरुद्ध आक्रोश पोखेका थिए । ‘हाम्रो देश र संविधानको रक्षार्थ जे गर्नुपर्ने थियो, त्यो गर्नका लागि पेन्ससँग पर्याप्त साहस रहेनछ,’ ट्रम्पले लेखेका थिए ।

यद्यपी, अहिले ट्वीटरले ट्रम्पको एकाउन्टलाई स्थायी रुपमै निलम्बन गरिसकेको छ । फेसबुकले पनि कम्तिमा जो बाइडेनले सपथ नलिदाँसम्म ट्रम्पको एकाउन्ट निलम्बन गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप