शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

आइतबार, २६ पुस २०७७, ११ : १९
आइतबार, २६ पुस २०७७

आइतबार बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो १  बजेका लागि बोलाइएको छ । 

अहिले केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यसूची तय गर्ने संसद सचिवालय स्रोतले बताएको छ । चौतर्फी रुपमा प्रतिनिधिसभा विघटनको विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकबाट आफ्नो भनाइ राख्न लागेका हुन् । 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत आज चौथो बैठक बस्न लागेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप