शिशुमा यी कारणले हुनसक्छ क्याल्सियमको कमी, थाहा पाउनुहोस् क्याल्सियमको कमीका लक्षण
हड्डीलाई मजबुती प्रदान गर्नका लागि शरीरमा क्याल्सियमको आवश्यकता पर्छ । यसका साथै शारीरिक विकासका लागि पनि क्याल्सियम अत्यधिक महत्वपूर्ण मानिन्छ । यदि बालबालिकामा क्याल्यिमको कमी भए उनीहरुको शारीरिक विकासमा असर पर्न सक्छ । शिशुमा क्याल्सियमको कमी हुनु साधारण हो किनभने शिशु स्तनपानमा मात्रै निर्भर हुन्छन् । क्याल्सियमको कमी हुँदा उनीहरुको शारीरिक विकास रोकिने गर्छ । साथै विभिन्न प्रकारको समस्या देखिने गर्छ । शिशुको शरीरमा क्याल्सियमको कमीका कारण र लक्षण कस्ता हुन्छन्, त्यसबारे जानकारी लिऔं ।
शिशुमा क्याल्सियमको कमीका कारणः
थुप्रै शिशुमा जन्मलगत्तै क्याल्सियमको कमी देख्ने गरिन्छ । आखिर यसका के कारण हुनसक्लान्, यसबारे जानकारी लिऔं ।
– जन्मका बेला यदि शिशुलाई अक्सिजनको कमी हुन्छ भने उनीहरुलाई क्याल्सियमको कमी हुनसक्छ ।
– यदि आमा मधुमेहबाट ग्रसित छिन् भने पनि शिशुको शरीरमा क्याल्सियमको कमी हुनसक्छ ।
– शिशुमा भिटामिन डीको कमीका कारण पनि क्याल्सियमको स्तर कम हुन्छ ।
– १ वर्षभन्दा कम उमेरका शिशुलाई गाइको दुध दिँदा उनीहरुलाई हाइपोक्याल्सिमियाको समस्या हुनसक्छ किनभने गाईको दुधमा फस्फोरस अत्यधिक मात्रामा पाइन्छ । त्यसैले एक वर्षभन्दा कम उमेरका शिशुलाई गाइको दुध दिनु हुँदैन ।
बालबालिकामा क्याल्सियमको कमी भयो भनेर कसरी थाहा पाउने ?
– शिशुमा अत्यधिक चिडचिडापन देखिनु
– मांसपेशीमा ऐठनको समस्या
– मुटुको गति स्लो हुनसक्छ
– शिशुको रक्तचाप पनि कम हुन्छ
– दाँत आउन समय लाग्दा
– रातभरी रुने र शरीरबाट अत्यधिक पसिना निस्कने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
-
‘बजेट बढाउने र कार्यान्वयन गर्ने दुवै चुनौती छ’