शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किमको जो बाइडेनलाई चुनौतीः भने, ‘अमेरिका सबैभन्दा ठूलो दुश्मन, थप उन्नत परमाणु हतियार आवश्यक’

आइतबार, २६ पुस २०७७, ०७ : ५४
आइतबार, २६ पुस २०७७

उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो दुश्मन बताएका छन् । साथै उनले थप उन्नत परमाणु हतियारको आवश्यकतामा पनि जोड दिएका छन् । 

किम जोंग उनको यो कुरा अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनका लागि निश्चित रुपमा एउटा चुनौती हो जसले केहि दिनपछि नै डोनल्ड ट्रम्पको  स्थान ओगट्नेछन् । 

किम जोङ्ग उनले राजधानी प्योंगयांगमा सत्ताधारी वर्कर्स पार्टीको एउटा महत्वपूर्ण बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 

किमको भनाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी केसीएनएले भनेको छ, ‘ह्वाइट हाउसमा चाहे जोसुकै होस् तर अमेरिकाको शत्रुतापूर्ण नीति परिवर्तन हुनेवाला छैन ।’

उनले भने, ‘हाम्रो विदेशी राजनीतिक गतिविधिको ध्यान अमेरिकालाई दबाउने तिर केन्द्रित हुनुपर्छ जो हाम्रो सबैभन्दा ठूलो दुश्मन ाहो र हाम्रो विकासमा मुख्य बाधा हो ।’

विश्लेषकका अनुसार किमको यो बयान अमेरिकाको नयाँ सरकारमाथि दबाब बनाउने एउटा प्रयास हो । 

थप नयाँ हतियार बनाउनेछौंः

राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा आफ्नो चुनाव अभियानको क्रममा ‘किमसँग उनको सम्बन्ध सुमधुर रहेको र उनले उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्नका लागि उनीसँग कुरा गरिरहेको, जुन अमेरिकाको हितमा भएको’ बताउने गर्दथे । तर उनको कार्यकालमा उत्तर कोरियाको परमाणु कार्यक्रममाथि कुराकानी कम नै प्रगति भयो । 

तर ट्रम्प ह्वाइट हाउसमा केही दिनका लागि मात्रै पाहुना हुन् भनेर स्पष्ट भएपछि किम जोङ्ग उनको तर्फबाट यो प्रतिक्रिया आएको हो । 

किमका अनुसार अमेरिकाका प्रवृत्ति र उसको मौलिक नीति कहिले पनि उत्तर कोरियको हितमा परिवर्तन हुने खालको छैन । 
उनले साम्राज्यवाद–विरोधी र स्वतन्त्र शक्तिबाट आफ्नो सम्बन्ध राम्रो बनाउने कुरा गरेका छन् । 

उनले भनेका छन्, ‘उत्तर कोरिया आफ्नो परमाणु हतियारको दुरुपयोग गर्ने छैन । तर हामी परमाणु हतियारको विस्तार भने गरिरहेका छौं । यसमा हमला गर्ने उत्कृष्ट क्षमता, भिन्न भिन्न साइजको वारहेड (मिसाइलको विस्फोटक हिस्सा) समावेश छ ।’

किमले हाइपरसोनिक हतियार, अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल(आइसीबीएम), जासुसी स्याटलाइट र ड्रोनसहित थुप्रै अन्य युद्ध उपकरण बनाउने पनि कुरा गरेका छन् । 

उनले उत्तर कोरियाले थुप्रै नयाँ हतियारको परीक्षण र उत्पादनको तयारी गरिरहेको दाबी गरे । उनले बताए अनुसार नयाँ परमाणु पनडुब्बीको शोधकार्य लगभग पूरा भइसकेको छ । 

किमको आर्थिक योजना फेल रह्योः

सोलका कोरिया युनिभर्सिटीमा उत्तर कोरिया अध्ययनका प्राध्यापक यू हो–योलले भने, ‘किमले आखिर छताछुल्ल पारिदिए कि उनको दिमागमा के छ – पनडुब्बी, मिसाइल, उत्कृष्ट आइसीबीएम र उन्नत हतियार । उनले त्यहि भनिरहेका छन् जुन पछि गएर अमेरिकालाई देखाउनेछन् जसले तनाव बढाउन सक्छ । अथवा कुराकानीको ढोका पनि खोल्न सक्छ ।’

अमेरिकाको विदेश मन्त्रालयको तर्फबाट किमको यो बयानमाथि तत्काल कुनै टिप्पणी आएको छैन । 

समाचार एजेन्सी रोयटर्सका अनुसार जो बाइडेनका क्याम्पेन प्रवक्ताले हाल यसमाथि टिप्पणी गर्न अस्विकार गरेका छन् । 

उत्तर कोरिया कडा आर्थिक प्रतिबन्धका बीच पनि आफ्नो हतियार बढाउन निकै सफल रहेको छ । तर गत हप्तामात्रै किम जोङ्ग उनले उनको पार्टीले उत्तर कोरियाका लागि बनाएको पञ्च वर्षीय आर्थिक योजना लगभग सबै क्षेत्रमा असफल साबित भएको स्विकारेका थिए । 

उत्तर कोरियाका सीमा अघिल्लो वर्ष जनवरी देखि बन्द छन् । उत्तर कोरियाले कोभिड महामारीलाई मद्देनजर गर्दै आफ्ना सीमा बन्द गर्ने घोषणाा गरेको थियो । साथै उत्तर कोरियामा कोभिडका कोही पनि संक्रमित नदेखिएको दाबी पनि गर्ने गरिन्छ । 

यसपटक पनि अमेरिकामाथि निशाना साँध्दै किम जोङ्ग उनले दक्षिण कोरियालाई छोडेनन् । उनले दक्षिण कोरियाले अमेरिकासँग मिलेर सैन्य अभ्यास गर्न र त्यहाँबाट हतियार खरिद गर्न बन्द गर्नुपर्ने बताएका छन् । 

किमको टिप्पणी पछि दक्षिण कोरियाको एकीकरण मन्त्रालयले एक बयानमा भन्यो, ‘नयाँ अमेरिकी सरकार आएपछि अमेरिका–उत्तर कोरिया सम्बन्ध राम्रो बनाउने एउटा राम्रो अवसर हुनसक्छ र हामी सम्बन्धलाई पुनः बहाल हुने कुरामा आशावादी छौं ।’

राष्ट्रपति बराक ओबामाको कार्यकालमा उप–राष्ट्रपति जो बाइडेनले आफ्नो चुनाव प्रचारका बेला किम जोङ्गलाई ठग भनेका थिए । 

यस्तै सन् २०१९ मा उत्तर कोरियाले जो बाइडेनलाई बौलाहा कुकुर बताउँदै उनलाई लठ्ठीले कुट्नुपर्ने आवश्यकता भएको बताएको थियो । 

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप