बेलायतमा बस्दै आएका गायक बद्री केसीद्वारा आत्महत्या

लण्डन । लामो समयदेखि बेलायतमा बस्दै आएका गायक बद्री केसीले आत्महत्या गरेका छन् । पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए । लण्डनको एजवेरमा बस्दै आएका ३२ वर्षीय केसी रुखमा झुण्डिएको अवस्थामा शनिबार बिहान शव प्राप्त भएको उनकै सहकर्मी राम थपलियाले जानकारी दिएका छन् । जीन्दगीदेखि निराशा भएकै कारण उनले आत्महत्या गरेको भन्ने शुक्रबार दिउँसो करिब पौने ४ बजेको उनको निराश भावको फेसबुक स्टाटसले बताउँछ । ‘साथी, परिवार र संसारलाई नै ‘गुडबाई’ भन्ने फेसबुकस्टाटस लेखेर केसी आफै काम गर्ने स्थानीय मिल हिल स्कुलको हातामा रहेको एक रुखको सहारा लिएर झुण्डिएर आत्महत्या गरे ।
उनको मृत्युको बारेमा कुनै पनि तथ्य फेला नपरेको र हाल उनको शव प्रहरी नियन्त्रणमा रहेको प्रहरीले यसबारेमा छानबिन गरिरहेको छ । शुक्रबार दिउँसो बिहान घरबाट निस्किएका र उनको फेसबुक स्टाटस देखेपछि सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । उनले आफ्नो बैङ्क खाताम भएको रकम पनि परिवारका सदस्यको नाममा ट्रान्सफर गरेका थिए ।
गायन क्षत्रमा समेत रुची राख्दै आएका केसीले अल्डरसटको निरमाया रोधीघरमा सन् २००९ देखि झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए । उनी बेलायती नेपाली समाजमा लोकदोहोरी गायकको रुपमा स्थापित भइसकेका थिए । उनले स्थानीय कार्यक्रममा कैयौं पटक सहभागीता जनाएका थिए । उनको निधनले बेलायतको नेपाली सांगीतिक क्षेत्रलाई पनि ठूलो चोट पुगेको छ । उनको कर्णप्रिय आवाजका फ्यानहरुले दुःखद खबर भन्दै सामाजिक संजालहरुमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यसरि कमै उमेरमा मृत्युको बाटो रोज्न बाध्य विदेशमा उनीजस्ता थुप्रै नेपालीहरु छन् । बिहीबारमात्र पोर्चुगलको राजधानी लिस्बनमा बझाङका युवक सुरत कुँवरले आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका थिए । कुँवरले फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ भन्ने स्टाटस शेयर गरेर आत्महत्या गरेका थिए ।
एउटै छात्रावासको कोठामा बसेका साथी र परिवारका सदस्यलाई आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सामा गएको मौका छोपी हाम फालेको पोर्चुगीज प्रहरीले बताएको छ ।
जीवनदेखि हार खाएर मृत्युलाई नै अन्तिम बिकल्पको रुपमा मान्दै सामाजिक संजालको साहारा लिनेको संख्या पछिल्लो समयमा निकै बढेको छ ।
जिन्दगीका उतारचढावको संघर्षसंग जुध्न नसक्नु र यस्ता समस्या आफ्नोमात्र भन्ने सोचका कारण मानिसको आत्मबल कम्जोर बन्न पुग्छ र उसले मृत्यु भन्दा अन्य कुनै विकल्प देख्दैन र मृत्युको बाटो रोज्न पुग्छ । तर, जिन्दगी संघर्ष हो र जीवनमा हुने आरोह अवरोह सबैको जीवनमा आइपर्ने नियमित गतिविधि हो भन्ने सकारात्मक सोच राख्ने हो भने मानिसले पक्कै पनि मृत्युको सट्टा अन्य विकल्प पनि रोज्न सक्छ । तसर्थ सकारात्मक सोच र भविष्यको सपना बोकेर निरन्तर अगाडी बढ्नु नै जिन्दगीको लक्ष्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा
-
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर
-
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै
-
लुम्बिनी प्रदेशमा महानगर बनाउने चर्चा कता हरायो ?
-
एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य