शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा देशव्यापी ब्ल्याकआउट

आइतबार, २६ पुस २०७७, ०६ : २२
आइतबार, २६ पुस २०७७

पाकिस्तानमा शनिबार अबेर राती अचानक लगभग पूरा देशमा बिजुली आपूर्ति ठप्प भएको छ । 

ऊर्जा मन्त्रालयले ट्वीटरमार्फत् दिएको जानकारी अनुसार पावर ट्रान्समिशन सिस्टमको फ्रिक्वेन्सीमा अचानक ५० बाट ० को गिरावट आएपछि देशव्यापी ब्ल्याकआउट भएको हो । मन्त्रालयका अनुसार यो प्राविधिक कमजोरी स्थानीय समयानुसार ११.४१ मा भएको हो । 

मन्त्रालयले यस्तो हुनुको कारण थाहा पाउन कोसिस गरिरहेको जानकारी दिएको छ । साथै मन्त्रालयले मानिसहरुलाई संयमता अपनाउनसमेत आग्रह गरेको छ । 

सर्वसाधारणका अनुसार अचानक कराँची, इस्लामाबाद, लाहौर, पेशावर, रावलपिंडीसमेत देशका लगभग सबै प्रमुख शहरमा बिजुली आपूर्ति ठप्प भएको हो । 

हेर्दा हेर्दै यो खबर पाकिस्तानको छिमेकी देशसम्म पनि पुथ्यो र पाकिस्तान झैं भारतमा पनि #blackou ट्रेन्ड हुनथाल्यो । 

सुरुमा मन्त्रालयले यो संकट कति बेलासम्म रहने भन्ने बारे कुनै जानकारी दिन नसकिने बताएको छ। 

यद्यपि, मन्त्रालयले सबै सम्बन्धित टिम आ–आफ्नो स्टेशनसम्म पुगेको र ऊर्जामन्त्री उमर अयब खाने बिजुली बहालीको काम देखिरहेको जानकारी दिइयो । 

राती करिब साढे एक बजेदेखि क्रमबद्ध तरिका बिजुलीको बहाली सुरु गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप