बिहानको नास्ता नगर्दा देखिने समस्याहरु
एजेन्सी – बिहानको नास्ता दिनभरका लागि सबैभन्दा महत्त्वपूर्ण भोजन हो । स्वस्थकर नास्ताले मानिसको शरीरलाई दिनभर उर्जावान र जाँगरिलो बनाउँछ । बिहानको नास्ताले मानिसमा तनावको स्तर पनि कम गराउँछ । बिहान नास्तामा पोषणयुक्त खानेकुराको सेवन गर्न आवश्यक छ । त्यसैले, दूध, नट्स, दालयुक्त खानेकुरा, फलफूल, अण्डा जस्ता प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । त्यसैले बिहानको नास्ता नगर्दा शरीरका अंगहरुमा विभिन्न प्रकारका समस्या आउन पनि सक्छन् ।
हृदयरोगको कारण
अध्ययनका अनुसार बिहान स्वस्थकर खानेकुरा नखाँदा हृदयसम्बन्धी रोगहरुको खतरा बढ्न सक्छ । बिहानको नास्ता नखानेहरुमा स्वास्थ्यसम्बन्धी समस्याहरु बढ्न सक्छ ।
टाइप–२ मधुमेहको उच्च जोखिम
हार्वर्ड युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थको एक अध्ययनअनुसार बिहानको नास्ता नगर्नेहरुमा टाइप–२ मधुमेह शरीरमा विकसित भएको थियो । जसले बिहानको नास्ता खान छोडेका थिए उनीहरुमा ५४ प्रतिशत धेरै उक्त मधुमेहको सम्भावना थियो । यो अध्ययनमा ४६, २८९ जना महिलाहरु सहभागि थिए ।
मोटोपनको कारण
अध्ययनका अनुसार बिहानको नास्ता गर्न छोड्दा तौल बढ्ने सम्भावना झनै अधिक हुन्छ । तौल कम गर्न सन्तुलित रुपमा बिहानको नास्ता गर्न आवश्यक छ ।
कपाल झर्ने
बिहानको नास्तामा प्रोटिनयुक्त खानेकुरा खाँदा कपाल समेत स्वस्थ रहन्छ । साथै, केराटिनको स्तर पनि बढ्छ । तर बिहान नास्ता नगर्दा केराटिनको स्तर प्रभावित हुने र कपालको वृद्धि रोकिने भएकाले बिहानको नास्ता खान छोड्नुहुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा