हिमाञ्चलमा भूकम्पको धक्का
शनिबार, २५ पुस २०७७, २२ : ४२

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा भूकम्प गएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हिमाञ्चल प्रदेशमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको झड्का महसुस हुने वित्तिक्कै सर्वसाधारणहरु घरबाहिर निस्किएका थिए ।
भारतको नेश्नल सेन्टर अफ सिस्मोलोजीका अनुसार शनिबार बेलुका ८ बजेर २२ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु काँगडाको करेरी लेकमा परेको थियो । भूकम्पको क्षति विवरण भने आइसकेको छैन । भूकम्पको केन्द्र कनेरी भन्ने स्थानबाट १० किलोमिटर गहिराईमा परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोली लागेको हात त त्यति दुख्दैन, देशको अवस्था देखेर दुख्छ दिल
-
दलहरूप्रति घनश्यामको टिप्पणी : मुखमा कालोमोसो दलेर दरबारमार्गमा उभिनुपर्ने अवस्था छ !
-
हामीले कम्युनिस्ट एकताको झण्डा न छोडेका छौँ, न छोड्नेछौँ : प्रचण्ड
-
अपहरण गरिएका डिपोर्टी रिहा गर्न बुकेलेलाई मदुरोको माग
-
सत्तामा कम्युनिस्टको हालीमुहाली : १० वटा सरकारको नेतृत्व, ८ वटामा मुख्य साझेदार
-
ईडीले किन बोलायो दक्षिण भारतीय स्टार महेश बाबुलाई ?