काँग्रेसद्वारा सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन
नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन एवं सभा आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारीलगायत नेताहरुले विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा सम्बोधन गरी प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल भएको धारणा व्यक्त गरेका थिए ।
काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आगामी माघ ३ गते ७५३ पालिका र माघ ८ गते ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । उल्लिखित कार्यक्रमबाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रम आयोजना गर्न सक्ने उनले बताए ।
कांग्रेसले यसअघि पुस ५ गते प्रतिनिधिसभा विघटन भएकै दिन पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक गरेको थियो । पुस ६ गते सर्वदलीय बैठक आयोजना गरेको तथा पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरेको पार्टी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’