प्रधानमन्त्रीको ओलीको विकल्प छैन : मन्त्री महतो
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तराई मधेशको विकासका लागि प्रधानमन्त्री केपी ओलीको विकल्प नरहेको बताकी छन् । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा नव निर्मित पुलको शिलान्यास गर्नुहुँदै मन्त्री महतोले प्रधानमन्त्री ओलीकै कार्यकालमा तराई मधेशमा थुप्रै विकासका योजना आएको र बहुप्रतिक्षित हुलाकी सडक जस्तो तराईको ‘लाइफलाइन’को काम पनि दु्रतगतिमा अगाडि बढेकोले यहाँको विकासका लागि उनको विकल्प नरहेको दोहो¥याए ।
उनले भौतिक विकासका लागि पुल, पुलेसा, नदीनाला, सडक तथा शैक्षिक औद्योगिक र कृषि विकासका लागि पनि रु अर्बौको बजेट प्रधानमन्त्री ओलीकै कार्यकालमा आएको भन्नुहुँदै तराई मधेशको चौतर्फी विकासका लागि उहाँको महत्वपूर्ण भूमिका रहेको बताए । नेकपा नेताहरु रामदयाल मण्डल र नेता रामआधार कापरले प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीमा कुनै विवाद नरहेको र देश नयाँ दिशामा अगाडि बढिरहेकोले तोकिएको मितिमा हुन गइरहेको निर्वाचनमा सबै जनतालाई सहभागिता जनाई सहयोग गर्न अपिल गरे।
मटिहानी–८ स्थित विग्ही नदीमा नेपाल सरकारको रु सात करोड, ६७ लाख २६ हजार २०१ बयानब्बे पैसमा ५० मिटर लामो पुल निर्माण भइरहेको छ र सो पुल कालिका कन्स्ट्रक्सन प्रालि भरतपुर चितवनले ठेक्का हात पार्दै निर्माण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)