संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं : नेता रिजाल
नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस संविधान शिरमा बोकेर चुनावमा जान तयार रहेको बताएका छन् । संसद विघटनविरुद्ध शनिबार चितवनमा आयोजित विरोधसभामा नेता रिजालले निर्वाचन संविधान सम्मत हुनुपर्ने बताएका ।
'निर्वाचन संविधान सम्मत हुनुपर्छ,' उनले भने, 'हामी संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं ।' रिजालले आफ्नो पार्टीभित्र रहेको विवादको रिस संविधानको उल्लंघन गरेर पोखेको बताए । 'पार्टी भित्रको रिस संविधानमा फेर्न पाइँदैन,' उनले भने ।
प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिदिएको उनको भनाइ थियो । प्रधानमन्त्री ओली संविधान च्यात्न उद्धत रहेको रिजालमने आरोप छ ।
सर्वोच्चले चुनाव गर भन्यो भने काँग्रेसलाई आपत्ति नहुने उनको भनाइ छ ।
'संसद विघटनको मुद्धा सर्वोच्चमा छ, सर्वोच्चले निक्र्यौल गर्ने छ,' उनले भने, 'सर्वोच्चले चुनाव गर भन्यो भने हामीलाई आपत्ति छैन । तर, सर्वोच्चले ओलीको कदम गैर संवैधानिक छ भन्यो भने ओलीको हालत के होला ?,'उनले प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सहकारीको पैसा नतिर्ने सञ्चालक र ऋणीको सम्पत्ति बिक्री सुरु, तीन व्यक्तिको लिलामी गरिँदै
-
समस्याग्रस्त १९ सहकारीका बचतकर्तालाई छुट दाबी पेस गर्न आह्वान
-
बीमा प्राधिकरणको कार्यकारी निर्देशक सुशीलदेव सुवेदी
-
तीन सिफ्टमा काम गरेर कीर्तिपुर क्रिकेट मैदानलाई सुविधानसम्पन्न बनाउन प्रधानमन्त्रीको निर्देशन
-
९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार