प्रधानमन्त्रीमाथि लगाएको आरोप नै पार्टी विभाजन कारक
कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी घेराबन्दीमा पारेर अपदस्त गर्ने खेल पार्टीका जिम्मेवार नेताबाट भएकाले नेकपामा अहिलेको अवस्था आएको बताएका छन् ।
स्याङ्जाको वालिङमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारलाई घेराबन्दीमा पारेर प्रधानमन्त्री ओलीमाथि विविध आरोप लगाएको उल्लेख गरे ।
उनले सहमतिको आधारलाई भत्काएर विधि विधानको नाममा बहुमतको खेल खेलेर पार्टीलाई विघटनको अवस्थापा पु¥याउने अवस्था आएपछि प्रधानमन्त्री बाध्य भएर प्रतिनिधिसभाको विघटन गर्नुपर्ने अवस्थामा पुगेको बताए ।
सरकारले नेपालको नक्सामा लामो समयदेखि गुमेको कालापानी लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नक्सा जारी गरेदेखि नै छिमेकीसँग सम्बन्ध बिगारेको भन्दै आफ्नै पार्टीका जिम्मेवार नेताबाट भएको टिकाटिप्पणीबाट सबै कुरा प्रष्ट भएको मन्त्री अर्यालको भनाइ थियो ।
मन्त्री अर्यालले जिल्लाको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै उत्पादनका काममा लाग्नसमेत आम कार्यकर्तालाई आग्रह गरे । उनले समाज सेवासँगसँगै व्यवसायका क्षेत्रमा लागेर आत्मनिर्भर बन्ने बाटोमा लाग्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव सरुवाले हैरान बनेका सांसदले भने : नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा पुगिसक्छन्
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै