शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्र बहाली नभएसम्म हाम्रो आन्दोलन गाउँ-गाउँमा जारी रहन्छ : सभापति केसी

शनिबार, २५ पुस २०७७, १८ : ०६
शनिबार, २५ पुस २०७७

नुवाकोट : नेपाली काँग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद जगदीशश्‍वरनरसिंह केसीले अब देशमा ने कपा टुकी बालेर खोजन्नु पर्ने बताएका छन्। चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिए ।
 
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, प्रदेश (क) ले तादी गाउँपालिका खरानिटारमा आयोजित कार्यक्रममा सभापति केसीले अब नेकपा देशबाट बिलाएर जाने उनले बताए । त्यस्तै अब पनि चुनाव नगराए ओललाई  जनताले सडकमा ल्याएर पछार्ने बताए । 

‘केपी ओलीजी वैशाखमा चुनाव त घोषणा गर्नुभयो । चुनाव गर्न सक्छौं कि सक्दैनौं ? चुनाव नगर्ने षड्यन्त्र गरेर दुई तीन वर्ष सत्ता शासन सत्ता हातमा लिने नियत हो भने वैशाखसम्म काँग्रेस चुनावको लागि पर्खौला । जब चुनाव हुन सक्दैन । नेपाली जनताले तिमिलाई सिंहदरबारबाट समातेर सडकमा ल्याएर फाल्ने छ । त्यो दिन टाढा छैन,’ उनले भने । 

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्वमा आयोजित विरोध प्रदर्शनमा नेता केसीले ओलीको कदमले संविधानमाथि उपहास भएको र संविधानलाई खड्ग ओलीको खड्गले काट्ने काम भएको टिप्पणी गरे ।

ओलीले असंवैधानिक कदम चलाएको भन्दै उनले प्रश्‍न गरे, ‘ओलीजी यो देशलाई कुन ठाउँमा पुर्‍याउन चाहन्छौ रु नेपालको संविधान ध्वस्त गर्न चाहन्छौ । नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्न चाहन्छौ ?’ 

ओलीको निरंकुश सर्वसत्तावाद चरित्र देखिएको र उनले संविधानमाथि कू गरेको नेता केसीको भनाइ थियो ।


अलोकतान्त्रिक कदमको विरुद्धमा काँग्रेस उभिएको भन्दै लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।  'नेकपाको आफ्नै बिवादबाट देखाएर संविधान हत्या गर्न पाइँदैन । लोकतन्त्रको हत्या गर्न खोजिएको छ । लोकतन्त्रको हत्या भनेको हामी सबैको हत्या हो । लोकतन्त्र बहाली नभएसम्म हाम्रो आन्दोलन गाउँ गाउँमा जारी रहन्छ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप