शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अक्षयको पारिश्रमिक १ सय ३५ करोड, निर्देशकको ४ करोड

शनिबार, २५ पुस २०७७, १६ : ४५
शनिबार, २५ पुस २०७७

बलिउड अभिनेता अक्षय कुमारले लगालग फिल्ममात्रै खेलिरहेका छैनन् । आफ्नो फिल्मको जोखिम रकम रहन्छ र फाइदा कमाउने अवसर धेरै छ भन्ने दृष्टान्त पनि पेश गरिरहेका छन् । यसैबीच उनले आफ्नो पारिश्रमिक पनि निकै बढाएका छन् । 

मिशन मंगलको शान्दार सफलतापछि अक्षयले यस फिल्मका निर्देशक जगन शक्तिसँग मिलेर साईन्स–फिक्सन थ्रिलर मुभी गर्ने योजना बनाइरहेका छन् । जसको नाम ‘मिशन लायन’ छ । 

जगनको शल्यक्रियाका कारण फिल्म निर्माणमा केही ढिलाई अवश्य भयो, तर अब सबै अड्चन हटेको छ । 
यस फिल्ममा अक्षयकुमारले १ सय ३५ करोड रुपैयाँ लिनेछन् । प्रदर्शनका विभिन्न राइट्समार्फत अक्षयको यति ठूलो पारिश्रमिक उठाउन सकिने फिल्म निर्माताहरुको बुझाइ छ । 
यद्यपी, निर्देशक जगनले भने यस फिल्मबाट ४ करोड रुपैयाँमात्रै लिनेछन् । अहिले यो फिल्म प्रि–प्रडक्सनको चरणमा छ र निर्माण स्रोतका अनुसार केही दिनपछि मात्रै यसबारे औपाचारिक घोषणा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप