मकवानपुरगढीमा छ करोड पाँच लाख लागतमा अस्पताल शिलान्यास
शनिबार, २५ पुस २०७७, १६ : १६
मकवानपुरगढी गाउँपालिकाको वडा नं ६ डुम्रेकुनामा रु छ करोड पाँच लाख लागतमा निर्माण हुने अस्पताल भवनको आज शिलान्यास गरिएको छ । पन्ध्र श्ययाको सो भवनको निवर्तमान सांसद एवं नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडाले शिलान्यास गरेका हुन् । भूकम्प प्रतिरोधात्मक एवं आधुनिक तरिकाबाट सो अस्पताल निर्माण हुने बताइएको छ ।
भवनमा डेढ दर्जनभन्दा बढी कोठालगायत भौतिक पूर्वाधार निर्माण हुनेछ । अस्पताल निर्माणपश्चात् सामान्य बिरामीलाई जिल्ला अस्पताल धाउने बाध्यता हटेने खतिवडाले बताए । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले गरीब, विपन्न तथा आर्थिक कमजोर भएका परिवारलाई स्थानीयस्तरबाट सरल र सहजरुपमा उपचारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त