बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘काठमाडौँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ बजारमा

शनिबार, २५ पुस २०७७, १६ : १३
शनिबार, २५ पुस २०७७

पर्यटन उद्यमी एवं नेपाल–फ्रान्स उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याममोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ आजदेखि बजारमा आएको छ । 

आज राजधानीमा आयोजित एक कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिय लेजे र पर्यटन उद्यमी एवं लेखक कर्ण शाक्यले संयुक्तरुपमा सो पुस्तकको विमोचन गरे । ‘साहसले डो¥याएको जिन्दगी’ उपशीर्षक रहेको उक्त पुस्तकमा लेखक श्रेष्ठले बाल्यकालदेखि जागिरेजीवन र आफूले झेल्नुपरेका आरोहअवरोहलाई रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।

    सात दशक लामो जीवनयात्रामा आफूले भोगेका अनुभवलगायत विषय समेटिएको आफ्नो आत्मवृत्तान्तबारे जानकारी दिँदै उनले भने, “काठमाडौँमा मैले आफ्नै जीवन बिताएँ, फ्रान्स बस्दा फ्रान्सेली जस्तै जीवनयापन गरेँ, फ्रान्स सरकारबाट उच्चस्तरको पदक पाउँछु भन्ने कल्पनासमेत गरेको थिइनँ, तर त्यहाँबाट सर्वोच्च पदकसमेत पाएँ ।” 

    शताब्दीपुरुष जोशीले प्रस्तुत आत्मवृत्तान्तबाट पाँच दशकअघिको नेपालको अवस्था, विश्वमा भएका परिवर्तन र नेपाल–फ्रान्स सम्बन्धका विविध आयामबारे मिहीन ढङ्गले वर्णन गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप