शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनुषाका सवै निर्वाचन क्षेत्रमा काँग्रेसको प्रदर्शन

शनिबार, २५ पुस २०७७, १६ : ०७
शनिबार, २५ पुस २०७७

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा धनुषाका सवै निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको छ ।
पार्टी केन्द्रको निर्देशनअनुसार काँग्रेसले जनकपुरधामसहित प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा समेत  विरोध प्रदर्शन गरेको हो ।

कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर १ (क) मा क्षेत्रीय सभापति दीपनारायण यादव, क्षेत्र नम्बर १ (ख) मा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, क्षेत्र नम्बर २ (क) मा स्थानीय नेता राजा गोइत, २ (ख) मा केन्द्रीय सदस्य रामकृष्ण यादव, क्षेत्र नम्बर ३ (क) मा प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, ३ (ख) मा क्षेत्रीय सभापति कन्हैया कुमार लाल कर्ण र क्षेत्र नम्बर ४ (क) मा क्षेत्रीय सभापति बासुलाल महतो तथा ४ (ख) मा केन्द्रीय सदस्य महेन्द्र यादवको नेतृत्वमा विरोध प्रदर्शन गरेको हो ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदर्शनपछि आयोजित कोणसभामा संसदीय दलका नेता रामसरोज यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर प्रतिगमन निम्त्याएको बताए । 
उनले प्रम ओलीले अधिनायकवादी र निरंकुश चरित्र प्रदर्शन गरेर देशलाई बर्बाद पार्न चाहेको भन्दै यो कदम असंवैधानिक भएकाले सच्चाउनुको विकल्प नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप