बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कागजमा मात्र सीमित सहकारीलाई कारबाही गर्ने चेतावनी

शनिबार, २५ पुस २०७७, १५ : ५२
शनिबार, २५ पुस २०७७

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले कागजमामात्र सिमित सहकारीलाई नगरपालिकाले कारवाही गर्ने चेतावनी दिएका छन् । 
शनिबार खरिपाटीमा झझल्को बचत तथा ऋण सहकारीको १३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख मिश्रले भने, ‘कि त ती सहकारीले गतिविधि देखाउन प¥यो हैन भने हामी खारेजी गर्छौं । ’
हाल नगरपालिकाको ९ वटा वडामा १ सय २२ सहकारीहरु देखिएको भन्दै उनले धेरै हुनुभन्दा एउटा समुदायमा एउटामात्र सहकारी भएको राम्रो हुने बताए । 

१ सय २२ सहकारी मध्य नगरपालिकाले बोलाउदा ७५ मात्र सम्पर्कमा आउने र कतिपयको भने कार्यालय समेत नभएकाले त्यस्ता कागजमा मात्र सिमित सस्थालाई खारेज गर्ने उनको भनाइ छ । 
४०÷४२ वटा संस्थाहरु कागजमा छन्, रेर्कड छन् तर, व्यवहारमा छैनन्, भन्दै नगरप्रमुख मिश्रले तिनलाई मर्जर गर्न ठुला संस्थाहरुले प्रोत्साहान गर्नु पर्ने बताए । 

सहकारीले सदस्य संख्या बढाउने, बचत बढाउने र ऋण लगानी धेरै गर्ने कार्यक्रम भन्दापनि सामाजिक काम र रोजगार सिर्जना गर्ने तर्फ लाग्न समेत सुझाव दिएका छन् । 
नगर परिषदबाट युवा र महिलालाई स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले बिना धितो र व्याज समेत नगरपालिकाले तिर्ने गरेर ऋण दिने कार्यक्रम सुरु भएको समेत बताए । 
संस्थाका अध्यक्ष मनोज गिरीले पैसा बचत गर्नु र ऋण दिनुमात्र उद्देश्य नभएको र व्यक्तिलाई आत्मनिर्भर बनाउनु नै मुख्य काम रहेको बताए । 

झझल्को साकोसका सचिव सुरज बास्तोलाले हाल संस्थामा २ हजार २ सय ५७ जना सदस्य संख्या र शेयर रकम १ करोड ६७ लाख ७१ हजार ९ सय रुपैयाँ रहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप