गाउँपालिकामा स्थानीयले गरे दोस्रो पटक तालाबन्दी

परासी– नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका स्थानिय जनताले गाउँपालिका घेराउ गर्दै मंगलबार दोस्रो पटक तालाबन्दी गरेका छन् । गाउँपालिकाको नयाँ भवन कुश्मा गाउँमा बनाउनु पर्ने माग राख्दै स्थानियले दिउसो गाउँपालिका घेराउ गरि तालाबन्दी गरेका हुन् ।
कुश्मा परसीया गाउँबाट सयांैको संख्यामा आन्दोलनमा उत्रेका स्थानियहरु गाउँपालिकाको भवन कुनै पनि हालतमा बेलासपुर बनाउन नदिने चेतनावनी दिदै कार्यालयमा तालाबन्दी गरि महेसपुर परासी सडकखण्डमा एक घण्टा चक्का जाम गरेका थिए । चक्काजामले अवरोध भएको बाटोका कारण यातायात ठप्प बनेको थियो ।
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) ले बार्डको बैठकमा कार्यालयको भवन बेलासपुरमा बनाउने भनि कुनै प्रकारको कुरा नझिकि सोझै गाउँपरिषदबाट वडा अध्यक्ष एवं सदस्यहरुलाई मिलाई बहुमत पु¥याएर निर्णय गराएको विरोधमा अस्ती आईतबार ८ गते स्थानीयले कार्यालय घेराउ गर्दै तालबन्दी गरेका थिए । एक त गाउँलले गरेको तालबन्दी अध्यक्ष गुप्ताले स्थानीय जनताको बिनासहमति, प्रशासनको सहयोगमा ताला फुटाउने कार्य गरे ।
यता सोमबार स्थानीय दाता गिरी, तारिन्द्र बर्मा र द्धारिका जयसवालको टोली गाउँपरिषदबाट बहुमति पु¥याई कार्यालय भवन बेलासपुरमा बनाउने निर्णयको प्रतिलिपि माग्न जाँदा अध्यक्ष गुप्ता र ति व्यक्तिहरुबीच भनाभन पनि भएको थियो ।
अध्यक्ष गुप्ताले परिषदबाट बहुमत पु¥याई गाउँपालिका भवन बेलासपुर चोकको पश्चिम २ सय मिटर झुल्निपुरको पोखरी पुरेर बनाउने निर्णय प्रति गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार सहित विभिन्न वडा अध्यक्ष एवं सदस्यहरुले आपत्ति जनाएका थिए ।
साविक कुश्मा गाविस हाल पाल्हीनन्दन गाउँपालिकाको वार्ड नम्बर ३ मा पर्दछ र अहिले सार्न लागिएको कार्यालय भवन बेलासपुर पनि वार्ड नम्बर ३ मै पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक