मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एलन मस्कः संसारका सबैभन्दा धनी व्यक्ति ८ कम्पनी, ३ विवाह, ६ सन्तान, हरेक सेकेन्ड यति कमाई

शनिबार, २५ पुस २०७७, ०९ : ४९
शनिबार, २५ पुस २०७७

विद्युतीय कार कम्पनी टेस्लाका सिइओ एलन मस्कले अमेजनका जेफ बेजोसलाई पछि पार्दै संसारका सबैभन्दा धनी व्यक्ति बनेका छन् । मस्कको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी छ जुन अमेजनका संस्थापक जेफ बेजोसको कूल सम्पत्ति १८७ बिलियन अमेरिकी डलरभन्दा एक बिलियन डलर बढी हो । संसारका सबैभन्दा धनी व्यक्तिले जीवनको संघर्षलाई झेल्दै कम बोल्दै बढी काम गरेका छन् । उनका जीवनबारे यति धेरै कुरा यस्ता छन् जुन प्रत्येक युवाले सिक्नुपर्छ । 

एलन मस्कको जन्म दक्षिण अफ्रिकामा भएको थियो । उनी १७ वर्षको उमेरमा क्यानडा गएका थिए । ग्रन्ज वेबसाइटको रिपोर्ट अनुसार एलन वाल्यकालमा यति आत्म विश्लेषण गर्दथे कि उनका परिवारले उनलाई डाक्टरलाई देखाउँदै कतै उनको श्रवण शक्ति गुमेको त होइन भनेर सोधेका थिए । एलनकी आमाले पछि थाहा पाइन् कि उनी डे ड्रीम अर्थात् दिउँसो निकै सपना देख्ने गर्दथे । उनकी आमाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘कतिपटक त यस्तो हुन्थ्यो कि ऊ आफ्नै दुनियाँमा हराउने गर्दथ्यो । उसलाई वरिपरि के भइरहेको थियो केही थाहा नै हुँदैनथ्यो । सुरुमा त म असाध्यै चिन्तित हुन्थे तर अब भने म उसलाई एक्लै छोडिदिन्छु किनभने मलाई थाहा छ कि उसले आफ्नो दिमागमा कुनै रकेट डिजाइन गरिरहेका छन् ।’

एलन आफ्ना पितासँग खासै नजिक भएनन् । एलनका पिताले कहिले पनि उनको सपनालाई समर्थन गर्दैनथे र एलनले भनिसकेका छन् कि उनको वाल्यकाल निकै कष्टकर रह्यो । एलनले थुप्रै पटक आफ्ना पितासँग कुराकानी गर्न नै बन्द गरिदिए । एकपटक एलनका पिताले आफ्नो घरमा छिरेका तीन चोरलाई गोली हानेका थिए । 

वाल्यकालदेखि नै निकै तीक्ष्ण दिमाग भएका एलनले ९–१० वर्षको उमेरदेखि नै कम्प्युटर प्रोग्रामिङ सिक्न थालेका थिए । एलनले स्पेस थिमसँग जोडिएको एउटा कम्प्युटर गेम बनाएका थिए र यसलाई एक कम्प्युटर म्यागजिनलाई ५ सय डलरमा बेचिदिएका थिए । यो गेमको नाम ब्लास्टार हो र यसलाई आज पनि अनलाइनमा खेल्न सकिन्छ । एलनको वाल्यकालको समय धेरैजसो किताबमा नै बित्ने गर्दथ्यो । उनी १० घण्टासम्म किताबमा नै रमाइरहेका हुन्थे । रिपोर्टका अनुसार एलनले इनसाइक्लोपेडिया ब्रिट्यानिकालाई ९ वर्षको उमेरमा पढेर सिद्धाएका थिए र उनको रुची साइन्स फिक्सन उपन्यासमा बढ्न थाल्यो । 

थुप्रै स्थानमा एलनले यो घटनाबारे जानकारी पनि दिएका छन् । वाल्यकालमा उनलाई अन्य विद्यार्थीहरुले असाध्यै गिज्याउने गर्दथे । एकपटक त उनलाई केटाहरुले भर्याङबाट नै खसालिदिएका थिए जसका कारण उनी अस्पताल नै जानु परेको थियो । यस्तै एकपटक उनलाई यति कुटियो कि उनको ज्यान नै जान सक्थ्यो । यसै कारण उनले कराँटे र जुडोको तालिमा १५ वर्षको उमेरमा लिएका थिए । 

एलन मस्क दक्षिण अफ्रिकामा सेनामा भर्ना हुन चाहँदैनथे तसर्थ क्यानडा गएका थिए । उनी पिएचडी गर्नका लागि स्टेनफोर्ड युनिभर्सिटी गएका थिए तर दुई दिनमा नै उनी युनिभर्सिटीबाट फिर्ता भए । एलनले ९० को समयमा इन्टरनेटको बढ्दो लोकप्रियताको फाइदा उठाउनका लागि यस्तो निर्णय लिएका थिए । ।

उनको नीजि जीवनको कुरा गर्नुपर्दा एलनले क्यानडाकी लेखिका जस्टिनसँग सन् २००० मा विवाह गरेका थिए । यो सम्बन्ध आठ वर्षसम्म चलेको थियो । सन् २००८ मा एलन र जस्टिनको सम्बन्धविच्छेद भएको थियो । त्यसपछि उनले बेलायती नायिका तालुला राइलीसँग सन् २०१० मा विवाह गरे । यद्यपि, दुई वर्ष पछि नै उनीहरुको सम्बन्धविच्छेद भयो । तर उनले एकपटक पुनः सन् २०१३ मा विवाह गरे तर तीन वर्षपछि पनि उनीहरु अलग्गिए । त्यसपछि एलन र सुपरस्टार नायिका एम्बर हर्डको सम्बन्ध रहेको चर्चा मिडियामा निकै चल्यो तर दुबैले आफ्नो व्यस्त कार्यशैलीका कारण चाँडै नै ब्रेकअप गरेका थिए । 

एलन मस्कको जेठी श्रीमतीबाट ६ सन्तान छन् जसमध्ये एकको मृत्यु भएको थियो । यी पाँचैजना छोरा हुन् । एलन र उनकी प्रेमिकाको यसै वर्ष छोरा जन्मिएको छ । उनले छोराको नाम  X Æ A-12 राखेका छन् जसलाई पछि परिवर्तन गरेर X Æ A-Xii  बनाइयो । एलन यसका कारण पनि सोसल मिडियामा निकै भाइरल भएका थिए । 

एलनको कमाईको कुरा गर्ने हो भने उनी दिनमा प्रत्येक दिन ४३२ मिलियन डलर (५० अर्ब रुपैयाँ) बढी कमाउँछ । दिनमा ८६,४०० सेकेन्ड हुन्छ । उनको कमाईलाई सेकेन्डमा भाग गरेर हेर्ने हो भने उनी प्रत्येक सेकेन्ड ५ लाख ८६ हजार कमाउने गर्छन् । उनी धेरैजसो समय आफ्नो मनमा नयाँ नयाँ योजना र विचार ल्याइरहन्छन् । ऊर्जावान् एलनलाई सोसल मिडियामा निकै रुचाइन्छ । 

एलन मस्क आठ कम्पनीका संस्थापक रहिसकेका छन् जसमा स्पेस एक्स, टेस्ला, हायपरलूप र बोरिङजस्ता कम्पनी समावेश छन् । उनलाई बोरिङ कम्पनीको आइडिया त्यतिबेला आयो जब उनी अमेरिकामा ट्राफिक जामबीच फसेका थिए । सन् २०१६ मा उनले ट्राफिक जामबाट बच्नका लागि अन्डरग्राउन्ड सुरुङको प्रयोग गर्ने बताएका थिए तर यस्तो गर्नु निकै महँगो छ र उनको कम्पनी आफ्नो प्रविधि र स्मार्ट इन्जिनियरिङको सहारामा यसैमाथि काम गर्न थालेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप