बेलायतमा कोरोनाका मृतक र संक्रमित दुवैमा नयाँ रेकर्ड

लन्डन । बेलायतमा दैनिक कोरोना संक्रमणको दरमा नयाँ रेकर्ड कायम भएको छ । विगत आठ दिनदेखि पचास हजार माथि संक्रमित रहँदै आएको बेलायतमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर शुक्रबार ४ बजे सार्वजनिक गरेको तथ्याङकअनुसार २४ घन्टाभित्र ६८ हजार ५३ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अघिल्लो दिनको तुलानामा १६ हजार भन्दा बढी हो भने बेलायतमा कोरोनाको महामारी शुरु भएयताकै सबैभन्दा बढी हो ।
यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि महामारीपछिकै उच्च पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ३२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ हजार ८३३ पुगेको छ । बेलायतका अस्पतालमा ३१ हजारभन्दा बढीको उपचार भइरहेका छन् जसमध्ये झन्डै तीन हजार जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
बेलायतमा कोरोनाको महामारी बढेसंगै कोरोना विरुद्धको अर्को खोप मोडेर्नालाई पनि बेलायतले आममानिसको प्रयोगको लागि मान्यता दिएको छ । तेस्रो खोपको रुपमा मोडर्नाले मान्यता पाएसँगै बेलायतमा कोरोना विरुद्धका तीनवटा खोप सञ्चालनमा आएका छन् । मोडर्नाको खोप पनि फाइजर( बायोएनटेक जत्तिकै प्रभावकारी भएको बताइएको छ। परीक्षणका क्रममा यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको थियो ।
बेलायतले मोर्डना खोपको १ करोड ७० लाख डोज अर्डर गरेको भएपनि प्रयोगका लागि उपलब्ध हुन कम्तीमा मार्च महिनासम्म लाग्ने अधिकारीहरुले बताएका छन् । यसअघि फाइजर–बायोनटेक र अक्सफोर्ड(एक्सट्राजेनेका खोपलाई बेलायतले मान्यता दिएर वितरण पनि शुरु गरिसकेको छ । कोरोना संक्रमण दर बढेसँगै कोरोना विरुद्धको भ्याक्सिनलाई पनि तीव्रता दिइएको छ । हालसम्म १२ लाख ९६ हजार ४३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिनको पहिलो दिईसकेको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये २१ हजार ३१३ जनालाई भ्याक्सिनको दोस्रो डोज पनि दिइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट