बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्व प्रधानन्यायाधीशहरुले मुख खोल्नु ऐतिहासिक महत्वको परिघटनाः बाबुराम भट्टराई

शुक्रबार, २४ पुस २०७७, २३ : २२
शुक्रबार, २४ पुस २०७७

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले चार पूर्व प्रधानन्यायाधीशहरुले गम्भीर राष्ट्रिय मुद्दामा मुख खोल्नु ऐतिहासिक महत्वको परिघटना भएको बताएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुरा बताएका हुन् ।

भट्टराईले जब देशको मूल कानून भनिने संविधानमाथि बन्चरो चल्छ त्यसबेला कुनै सचेत नागरिक चुप लागेर बस्न नसक्ने बताउँदै आ–आफ्नो ठाउँबाट ओली प्रतिगमनको प्रतिरोध गर्न आग्रह गरेका छन् । उनले भनेका छन्ः ‘जब देशको मूल कानून भनिने संविधानमाथि एउटा सन्की शासकले बन्चरो चलाउँछ, त्यतिबेला कुनै सचेत नागरिक चुप बस्न सक्दैन र हुँदैन । सबैले आ-आफ्नो ठाउँबाट ओली प्रतिगमनको प्रतिरोध गरौं । नत्र कलंक लाग्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप