शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा नेपाली दम्पत्तीको पाँच दिनको अन्तरालमा निधन

शुक्रबार, २४ पुस २०७७, २२ : ५५
शुक्रबार, २४ पुस २०७७

काठमाडौं । बेलायतमा एक नेपाली दम्पत्तीको पाँच दिनको अन्तरालमा निधन भएको छ । गुल्मी चन्द्रकोट ४ शान्तिपुर स्थायी ठेगाना भएका ४९ वर्षीय विजयकुमार पुन र उनकी धर्मपत्नी ५१ वर्षीया रत्नाकुमारी गुरुङ पुनको पाँच दिनको अन्तरालमा निधन भएको हो । रत्नाकुमारीको जनवरी ३ मा अस्पतालमा उपचार गराइरहेका बेला निधन भएको हो भने उनका पति विजयको बिहीबार निधन भएको हो ।

उनीहरुका  २ छोरी र एक छोरा रहेका छन् । गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष हाल सल्लाहकार रहेका ओम थापा काउचाले उनीहरुको पाँच दिनको अन्तरालमा निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत काउचाले पुन दम्पतिको निधनको खबरले बेलायतबासी गुल्मेली अत्यन्तै मर्महात भएको जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप