२ महिनापछि त्रिभुवन विमानस्थलले पायो नेतृत्व, प्रताप बाबु तिवारी नयाँ महाप्रबन्धक

काठमाडौं । त्रिभुवन विमानस्थलले करिब २ महिनापछि नयाँ महाप्रबन्धक पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापन समितिको बैठकले शुक्रबार प्राधिकरणका उपमहानिर्देशक समेत रहेका प्रतापबाबु तिवारीलाई नयाँ महाप्रबन्धक नियुक्त गरेको हो ।
यसअघि महाप्रबन्धक रहेका केसीको कार्यकाल मंसिर ३ गगे सकिएसँगै विमानस्थल निमित्त नेतृत्वको भरमा चलेको थियो । मंगलबार प्रँधिकरण सञ्चालक समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रिक्त महाप्रबन्धक पदमा नयाँ व्यक्तिलाई नियुक्त गर्न व्यवस्थापन समितिलाई अनुमति दिएको थियो ।
नवनियुक्त महाप्रबन्धक तिवारीले आफ्नो कार्य अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार र सेवाको स्तरोन्नतिका लागि योगदान गर्ने बताए । ‘हामीसँग सबैभन्दा ठूलो चुनौती स्रोतको हो ।
आवश्यक स्रोतको व्यवस्थापन गरेर क्षमता विस्तार र सेवाको स्तरोन्नति गर्ने नै हो,’ तिवारीले भने, ‘अहिलेको कोभिडको क्राइसिसको समयमा भएको असरलाई न्यूनीकरण गर्दै अघि बढ्ने नै मेरो प्रकुख उद्देश्य हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार