निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न देउवाको माग
काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको देउवाले बताए ।
देउवाले ट्वीटरमा लेखेका छन्, 'निर्मला पन्तको बलात्कारी खै लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनीय छ । दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य/मान्यताविपरीत हो । पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछ ।'
नेकपा ओली समूहले शुक्रबार धनगढीमा गरेको प्रदेशस्तरीय आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टि–सर्ट लगाउने सात जना युवालाई प्रहरीले पक्राउ गरेको थियो ।
धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय छ।दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य/मान्यता विपरित हो। पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु! pic.twitter.com/JUbpf5mj5f
— Sher Bahadur Deuba (@DeubaSherbdr) January 8, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का