शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा मोडेर्नाको खोपले पनि पायो मान्यता

शुक्रबार, २४ पुस २०७७, १९ : ०५
शुक्रबार, २४ पुस २०७७

लन्डन । बेलायतमा कोरोनाको महामारी बढेसँगै कोरोना विरुद्धको अर्को  खोप मोडेर्नालाई पनि बेलायतले आम मानिसको प्रयोगको  लागि मान्यता दिएको छ । तेस्रो खोपको रुपमा मोडर्नाले मान्यता  पाएसँगै  बेलायतमा कोरोना विरुद्धका तीनवटा खोप सञ्चालनमा आएका छन् ।

मोडर्नाको खोप पनि फाइजर( बायोएनटेक जत्तिकै प्रभावकारी भएको बताइएको छ। परीक्षणका क्रममा यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको थियो । बेलायतले मोर्डना खोपको १ करोड ७० लाख डोज अर्डर गरेको  भएपनि प्रयोगका लागि उपलब्ध हुन कम्तीमा मार्च महिनासम्म लाग्ने अधिकारीहरुले बताएका छन् ।

यसअघि फाइजर–बायोनटेक र अक्सफोर्ड–एक्सट्राजेनेका खोपलाई बेलायतले मान्यता दिएर वितरण पनि शुरु गरिसकेको छ । कोरोना  संक्रमण दर बढेसँगै कोरोना विरुद्धको भ्याक्सिनलाई पनि तीव्रता दिइएको छ । हालसम्म १२ लाख ९६ हजार ४३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिनको पहिलो  दिईसकेको स्वास्थ्य विभागले जनाएको छ ।

जसमध्ये २१ हजार ३१३ जनालाई भ्याक्सिनको दोस्रो डोज पनि दिइसकिएको छ । बिहिबार सार्वजनिक तथ्याँकअनुसार  बेलायतमा पछिल्लो २४ घन्टामा एक हजार १६२ जनाको मृत्यु भएको थियो भने पछिल्लो एकसाता निरन्तर पचास हजारभन्दा बढी संक्रमित थपिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप