संसद पुनर्स्थापना भए राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइन्छ : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको बताएका छन् ।
प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध शुक्रबार भक्तपुरमा आयोजित बिरोध सभामा नेता थापाले नेपालको संविधानमा ५ वर्षअघि संसद विघटन गर्ने कुराको कल्पना समेत नगरिएको बताए ।
संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहिँकतै नलेखेको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताए ।
संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाईने बताए । काँग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै बिरोधमा उत्रिएको नेता थापाको भनाई छ ।
सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनले बताए । नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उनको भनाई छ ।
नेता थापाले अदालतले संसद पुनस्र्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गरे । असंवैधानिक कदमका विरुद्ध काँग्रेस दह्रोगरी उभिने र देशलाई संवैधानिक संकटमा पर्न नदिने उनको भनाई छ । काँग्रेसले सरकारको यस कदमका विरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा बस दुर्घटना, आठ जना घाइते
-
भन्सार ‘लुट’को विरुद्धमा वीरगञ्जमा आजपाको प्रदर्शन
-
ललितपुरमा नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु सञ्चालनमा
-
दुर्घटनामा परेको कारबाट १ सय ३० किलो गाँजा बरामद
-
१० बजे, १० समाचार : अन्तिम चरणमा एनपीएल, काठमाडौँमा यो वर्षकै सबैभन्दा चिसो
-
नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी