कोरोनाभाइरस

कोरोनाभाइरसको नयाँ स्ट्रेन नेपालमै पनि निस्कन सक्छ तर त्यो किसिमको तयारी गरिएकै छैन

संक्रमित फेला परिरहेको बेलामा लहलहैमा हतारो गरेर स्कुल खोल्नु घातक हुन्छ

person explore access_timeपुस २४, २०७७ chat_bubble_outline0


 

 

कारोनाभाइरस, त्यसमा म्युटेन भई देखापरेका नयाँ स्ट्रेन तथा कोरोनाभाइरसका विरुद्ध बनेका भ्याक्सिनको विविध आयामहरुबारे रातोपाटीले विशेषज्ञहरुसँग कुराकानी गर्दै पाठकमाझ पस्कँदै आएको छ । यसै सन्दर्भमा यस पटक हामीले ह्याम्स अस्पतालमा कार्यरत संक्रमणरोग विशेषज्ञ डा. अनुप सुवेदीसँग रातोपाटीका लागि ज्ञानमित्रले गरेको कुराकानीको सम्पादित उतार प्रस्तुत गरेका छौं ।

इङल्ग्याडबाट देखिएको कोरोनाको नयाँ स्ट्रेन धेरै मुलुकमा पुगिसकेको छ । यस्तो अवस्था नेपालले स्कुलहरु लगायत सबै व्यापारिक संगठन, प्रतिष्ठानहरु खोल्ने क्रममा गइरहेको छ । यसलाई कसरी हेर्नु हुन्छ ?

बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ स्ट्रेन नेपालमा आएको छ कि छैन भन्ने अहिलेसम्म स्पष्ट छैन । धेरै वटा देशमा बेलायतबाट आएका मानिसहरुमा त्यसको संक्रमण देखिसकेको छ भने कतिपय देशमा यात्रा इतिहास नै नभएकाहरुमा समेत देखिन थालेको छ । यो भनेको कोरोनाभाइरस समुदायमा पनि फैलिसकेको छ भन्ने कुराको उदाहरण हो । यसको अर्थ त्यो नेपालमा पनि आएको हुन सक्छ । बेलायतबाट आएकाहरुबाट कसैबाट आएको हुन सक्छ ।

 हाम्रोमा जिन सिक्वेन्सिङको काम अहिलेसम्म भएको छैन । यसबारे परीक्षण गछौं सरकारले भनेको छ तर कहाँ कसरी गर्दैछ भनेर मलाई थाहा छैन । त्यसो हुँदा अहिलेसम्म महामारीबाट हामीले आधारभूत रुपमा के पाठ सिक्यौं भने बेलायतमा देखापरेको त्यो नयाँ स्ट्रेनको भाइरस हाम्रोमा आइसक्यो भन्ने हिसाबले आफ्नो तयारी र कामहरु गर्नुपर्छ ।

 हाम्रोमा जिन सिक्वेन्सिङको काम अहिलेसम्म भएको छैन । यसबारे परीक्षण गछौं सरकारले भनेको छ तर कहाँ कसरी गर्दैछ भनेर मलाई थाहा छैन । त्यसो हुँदा अहिलेसम्म महामारीबाट हामीले आधारभूत रुपमा के पाठ सिक्यौं भने बेलायतमा देखापरेको त्यो नयाँ स्ट्रेनको भाइरस हाम्रोमा आइसक्यो भन्ने हिसाबले आफ्नो तयारी र कामहरु गर्नुपर्छ ।

नेपालमा पनि नयाँ स्ट्रेनको भाइरस आइसक्यो भने नेपालमा हामीले गर्ने काम भनेको पहिले हामीले जे गर्नुपथ्यो त्यही नै हो । तर हामीले ती काम गरेका छैनौं ।

आम नागरिकको तर्फबाट गर्नैपर्ने काम के हो भने भीडमा नजाने, मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बन्द ठाउँमा नबस्ने, नियमित रुपमा हात धुने जस्ता कुरा भए ।

सरकार स्वास्थ्य मन्त्रालय जनस्वास्थ्यका निकायहरुबाट गर्ने काम भनेको प्रशस्त मात्रामा परीक्षण गर्ने नै हो । अहिले हामीले एकदमै थोरै परीक्षण गरिरहेका छौं । हरेक दिन परीक्षण गरिएकामध्ये अझै पनि १० प्रतिशतमा पोजेटिभ देखिएको छ ।  दिनमा हामी ५ सय जना नयाँ संक्रमित भन्छौं तर, एक हप्तापछि परीक्षण गरिएको जम्मा संख्या ५ हजार मात्रै हुन्छ । ५ सय जना नयाँ संक्रमितको कन्ट्याक मात्रै  ५ हजारभन्दा बढी हुन्छ । यसको अर्थ हामीले वरीवरिका कन्ट्याक ट्रेसिङ मात्रै पनि गरेका छैनौं र परीक्षण गर्नुपर्ने थुप्रै मानिसहरु  छुटिरहेका छन् ।

त्यसैले, अहिलेको आवश्यकता भनेको बढीभन्दा बढी परीक्षण गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ । कन्ट्याक ट्रेसिङले वास्तविक जनसंख्यामा परीक्षण बढाउन र संक्रमणको स्थिति थाहा पाउन पनि मदत पुग्छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्दा पोजेटिभ भेटिने सम्भावना बढी हुन्छ । त्यस आधारमा पोजेटिभ भेटिएकाहरुसँगको कन्ट्याक ट्रेसिङ गरेर त्यही अनुसार परीक्षण बढाउन सकिन्छ ।

क्वारेन्टिन आइसोलेशन गर्ने अर्को मुख्य काम हो, त त्यसलाई सरकारी पूर्वाधारबाट गर्न त लगभग छोडिसकेका छौं । र त्यो चाहिँ मन्त्रालयको निकाय भयो ।

अहिलेको आवश्यकता भनेको बढीभन्दा बढी परीक्षण गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ । कन्ट्याक ट्रेसिङले वास्तविक जनसंख्यामा परीक्षण बढाउन र संक्रमणको स्थिति थाहा पाउन पनि मदत पुग्छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्दा पोजेटिभ भेटिने सम्भावना बढी हुन्छ । त्यस आधारमा पोजेटिभ भेटिएकाहरुसँगको कन्ट्याक ट्रेसिङ गरेर त्यही अनुसार परीक्षण बढाउन सकिन्छ ।

त्यसैगरी, राजनीतिक नेतृत्व वा माथिल्लो निकायले गर्नुपर्ने काम चाहिँ भ्याक्सिनको तयारी तथा महामारी नियन्त्रण गर्नका लागि भइरहेका कामहरुको लागि राज्यका विभिन्न निकायहरुलाई समन्वय गरिदिने हो । एउटै किसिमले सन्देश प्रवाहित गर्ने, जनतालाई दिग्भ्रमिगत नबनाउने र भ्रष्टाचार हुन नदिने पनि मुख्य काम हो । सबैलाई सकारात्मक सूचना दिने र  अहिलेको तत्कालिन आवश्कता हामीसबै जुट्नुपर्छ भन्ने एकताको सूचना दिने काम राज्यको नेतृत्वले गर्ने हो ।

यी कामहरु हामीले गर्न सक्यौ भने महामारीबाट संक्रमित हुने संख्या समुदायमा कम हुन्छ । यो स्थितिमा कोरोनाभाइरसका  जतिसुकै नयाँ स्ट्रेन आए पनि त्यसबाट हामी डराउन पर्ने अवस्था हुन्छ ।

तर सरकारले त स्कुलहरु पनि खोल्ने तयारीमा जुटिसकेको छ । यो कुरालाई कसरी हेर्नुहुन्छ ?

कोरोनाभाइरसको नयाँ स्ट्रेन देखापरेको बेलायतमा नै पनि कति ठाउँमा स्कुल खुलेका छन् । तर, हामीले के बुझनुपर्छ भने विभिन्न देशमा स्कुलको महत्व र प्रयोग फरक छन् । हाम्रो नेपालका स्कुलहरुमा मूलतः अहिलेसम्म  घोकन्ते पढाइ मात्र छ ।  विदेशमा भने समाजको व्यवस्थापनको लागि पनि स्कुलको एकदमै महत्व छ ।  खासगरी, विदेशमा बच्चाबच्ची स्कुल जान पाएनन् भने बाबुआमाले काममा जान पाउदैंनन् । एक हिसाबले कमाइ गर्ने मान्छेको कमाइ नै रोकिन्छ परिवारमा त्यसले निम्त्याउने डिप्रेसशन देखिधेरै कुराहरु छन् । हाम्रो परिवारमा बुवा,आमा, हजुरबुवा हजुरआमा आफन्तहरु एउटै घरमा नबसे पनि नजिकनजिक बसेका हुन्छन् । विदेशमा बच्चालाई सिकाइको अवसरको कम हुन्छ । विदेशतिर चाहिँ प्रायशः एकल परिवार हुन्छ । बावु आमा काम जान्छन् । बच्चा घर बसे पनि आमासँग मात्रै बसेको हुन्छ । आमालाई घरबाट काम गर्नुपर्ने हुन्छ । बच्चालाई पढाउन पनि पाउदैंन । बच्चाको सिकाइको अवसर कम हुन्छ ।  तर, हाम्रो त्यस्तो छैन । स्कुल नभए पनि समाजले धेरै भरथेग गरिहेको हुन्छ । स्कुल गएपनि नगएपनि हाम्रो बच्चाले हाम्रोमा केहीनकेही सिकिरहेकै हुन्छ । अर्को कुरास्कुलकलेजहरु बन्द गर्ने वित्तिकै युएस तिर डिप्रेसन जस्ता कुराहरु असाध्यै बढ्छ । अमेरिकामा जुलाइमा गरिएको जुन महिनाको सर्वेक्षणमा ‘गएको ३० दिनमा कतिजनाले आत्महत्याको बारेमा सोचेका थिए भनेर अनुसन्धान गरिएको थियो र त्यसमा अमेरिकाको औसत जनसंख्याको १० प्रतिशत मानिसले हामीले आत्महत्याको बारेमा सोचेका थियौं भनेका थिए । त्यो एकदम भयावह तथ्यांक हो । त्यहाँ १९ वर्षदेखि २४ वर्षसम्मका समूहमा एक महिनाको समयावधिभित्र २४ प्रतिशतले आत्महत्याका बारेमा सोचेको  पाइयो ।

विदेशका स्कुलमा भेन्टिलेसनको राम्रो व्यवस्था गरेको हुन्छ । मास्क, फेससिल्ड, बेन्चबेन्चबीचको दूरी कायम गर्ने कुराहरु राम्रोसँग व्यवस्थापन गरेको हुन्छ ।  बच्चाको नमुना परीक्षण गरिरहेका हुन्छ । लक्षण देखिएकाहरुलाई तुरुन्त निशुल्क पिसिआर परीक्षणको व्यवस्था सरकारले नै गरेको हुन्छ । लक्षण भए नभएका सबै बच्चाहरुको ‘र्यान्डम’ परीक्षण गर्ने नियम बसालेका हुन्छन् । हाम्रोमा त्यस्तो  केही पनि गरिर्दैँन ।

हाम्रोमा पनि पक्कै पनि मानसिक रोग तनावहरु त बढेको होला । तर, विदेशको जस्तो भयावह स्थिति भने छैन । विस्तारै घरायसी हिंसा बढेपछि आत्महत्या गर्नेहरु बढेका होलान । त्यसपछि मानसिक रोग एवं आत्महत्या पनि बढेको होला । त्यो समाचार पनि आएको थियो  ।  तर, बैज्ञानिक तरिकाले राम्रोसँग अध्ययन गरिएको कुरा मैले पढ्न पाएको छैन ।

तर, मैले स्कुलको कुरा गर्दा उता विदेशतिर स्कुल खोल्नुपर्ने आवश्यकताहरु छन् । हाम्रो त्यस्तो टड्कारो आवश्यकता छैन । अर्को कुरा के बुझ्नुपर्यो भने विदेशका स्कुलमा भेन्टिलेसनको राम्रो व्यवस्था गरेको हुन्छ । मास्क, फेससिल्ड, बेन्चबेन्चबीचको दूरी कायम गर्ने कुराहरु राम्रोसँग व्यवस्थापन गरेको हुन्छ ।  बच्चाको नमुना परीक्षण गरिरहेका हुन्छ । लक्षण देखिएकाहरुलाई तुरुन्त निशुल्क पिसिआर परीक्षणको व्यवस्था सरकारले नै गरेको हुन्छ । लक्षण भए नभएका सबै बच्चाहरुको ‘र्यान्डम’ परीक्षण गर्ने नियम बसालेका हुन्छन् । हाम्रोमा त्यस्तो  केही पनि गरिर्दैँन । उतातिर जनस्वास्थ्यको कामले आइसुलेटर सबै राम्रो गरेका हुन्छ । बच्चा शिक्षकशिक्षिका बिरामी भए भने उनीहरुको उपचारको सबै व्यवस्थापन गरेको हुन्छ । उनीहरुलाई बेड, आइसियूमा उपचारको सुविधा उपलब्ध हुन्छ । हाम्रोमा त्यो छैन् । चिकित्साकर्मीहरुको गुणस्तर, अस्पतालहरुको क्षमतामा पनि कम छ । बच्चाहरुको साँच्चै सिकिस्त भयो भने आइसियूका क्षमता र जनशक्ति अनुभवहरु एकदम सीमित छन् । यो स्थितिमा हामीले स्कुल खोल्दा लहलहैमा हतार गरेर मात्रै हुदैँन । अहिले पनि हरेक दिन परीक्षण गरिएका १० प्रतिशत मानिसलाई पोजेटिभ  देखिरहेको छ । शुरुवाताताका दुईवटा पोजेटिभ देखिँदा आतिएर लकडाउन गरिएको होइन र ? त्यहीँ कारणले मेरो बिचार स्कुल खोल्न हुँदैन ।

त्यसो भए सरकारले हचुवाको भरमा स्कुल खोल्ने निर्णय गरेको हो त ?

हचुवा त कसरी भन्ने ? सरकारले धेरै जना पक्ष विपक्ष विभिन्न सरोकार समूह, शिक्षकलगायत सबैसँग सल्लाह गरेको होला । स्थानीय निकाएका प्रतिनीधिहरुसँग सल्लाह गरेको होला ।

जनस्वास्थ्यविद्हरु सरकारले सल्लाह गरेको होइन ?

नेपालमा यो महामारी केही पनि होइन, डराउन पर्दैन, यो आउँदैआउँ दैन, हाम्रो देशमा आए पनि ३ हजार ३० जना जतिलाई मात्रै हुन्छ जस्ता थरिथरिका कुरा  थरिथरिका जनस्वास्थ्यविद्हरुले गरेका छन् । उहाँहरुले पनि रोजीरोजी जनस्वास्थ्यविद् बोलाएर, कुरा मिल्ने मान्छेलाई बोलाएर कुरा गर्नुहुन्छ । त्यो हुँदा अब सल्लाह नगरेको पक्का पनि होइन । म हचुवा पनि भन्दिनँ । मेरो विचारमा चाहिँ यो विवेकपूर्ण छैन । 

स्कुल नखोल्ने मुख्य कारण चाहिँ बच्चाहरु संक्रमित भएर मृत्यु होला भनेर होइन । बच्चाहरुमासंक्रमण भएर मृत्यु हुने दर साँच्चै कम छ । त्यति मात्रै थियो भने स्कुल खोल्दा हुन्थ्यो । तर अरु महामारीको श्वासप्रश्वासबाट फैलिन इन्फुलुन्जा आदि भाइरसहरुको महामारीको अनुभवमा हामीले के देखेका छौं भने  स्कुलमा बच्चाहरु संक्रमण फैलिन्छ, उनीहरुबाट घरमा संक्रमण फैलिएर घरमा रहेका मानिसहरु वृद्धवृद्धा सबै बिरामी हुन्छन् । उनीहरु अस्पताल जाने र त्यहाँ मृत्यु दर बढ्छ ।

अहिले आएका भ्याक्सिनहरु १६ वर्षभन्दा माथिको उमेर समूहमा मात्र परीक्षण भएका छन् ।१६ वर्षभन्दा मुनिकोलाई त सिफारिस पनि गरिएको छैन । स्कुल जाने बालकालिका त्यही उमेरमा पर्दैनन् र ? यो झन खतरा होइन र ?

 स्कुल नखोल्ने मुख्य कारण चाहिँ बच्चाहरु संक्रमित भएर मृत्यु होला भनेर होइन । बच्चाहरुमासंक्रमण भएर मृत्यु हुने दर साँच्चै कम छ । त्यति मात्रै थियो भने स्कुल खोल्दा हुन्थ्यो । तर अरु महामारीको श्वासप्रश्वासबाट फैलिन इन्फुलुन्जा आदि भाइरसहरुको महामारीको अनुभवमा हामीले के देखेका छौं भने  स्कुलमा बच्चाहरु संक्रमण फैलिन्छ, उनीहरुबाट घरमा संक्रमण फैलिएर घरमा रहेका मानिसहरु वृद्धवृद्धा सबै बिरामी हुन्छन् । उनीहरु अस्पताल जाने र त्यहाँ मृत्यु दर बढ्छ । त्यसले सामाजिक विश्रृङखलता लगायतका विभिन्न ठूला खालका समस्याहरु ल्याउछ । बच्चाहरु आफैं सिकिस्त हुन्छन् भन्दा पनि उनीहरुबाट संक्रमण घर घरमा फैलिने जोखिम बढी हुन्छ । त्यही कारणले अहिले स्कुल खोल्नु उचित हुन्न भनिएको हो । 

विभिन्न खालका थरिथरिका मूल्यका भ्याक्सिन आएका छन् । यस्तोमा नेपालका लागि कुन भ्याक्सिन उचित हुन्छ ?

 यो त हामीले सामान्य विवेकले भन्ने कुरा हो । हाम्रो भ्याक्सिन रोज्दा सकेसम्म सस्तो र  हाम्रो पूर्वाधारअनुसार सुरक्षित ढंगले कोल्ड चेन मेन्टेन गरेर राख्न सकिने, हामीले अरु भ्याक्सिनहरु जति तापक्रममा राखेर दिइरहेका छौं, सोहीअनुसारको भ्याक्सिन रोज्नुपर्छ । त्यो भनेको अहिलेको हाम्रो पूर्वाधारअनुसार २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गरेर राख्न सकिने भ्याक्सिन हाम्रो प्राथमिकतामा हुनुपर्छ ।

त्यो भनेको भाइरल भ्याक्सिन मात्रै हाम्रो प्राथमिकतामा हुने भयो, मेसेन्जर भ्याक्सिन हुन नसक्ने भयो हैन त ?

आरएनए भ्याक्सिनलाई धेरै चिसोमा भण्डारण गर्नुपर्छ अन्यथा गुणस्तर खस्किन्छ ।  यस हिसाबले शहरी क्षेत्रमा थोरै समूहलाई दिनको लागि २० डिग्रीसम्म भण्डारण गर्न सकिने मोर्डनाको भ्याक्सिनसम्भव हुन सक्ला, जुन अहिलेसम्म गरिएको छैन ।  अन्यथा, हामीले हामीले अक्सफोर्ड एस्ट्रोजेनिका, सिनोफाम लगायतका हामीकहाँ तापक्रम मेन्टेन गरेर भण्डारण गर्न सकिने भ्याक्सिनहरु नै रोज्नु उत्तम हुन्छ ।

 

भ्याक्सिन रोज्दा हामीले हेर्ने भनेको सकेसम्म लामो समयसम्म त्यसले सुरक्षा प्रदान गर्न सक्ने खालको होस् ।  अहिलेसम्म कुन भ्याक्सिनले कति सुरक्षा प्रदान गर्छ भन्ने थाहा छैन ।

भ्याक्सिन रोज्दा सस्तो, हाम्रो कोल्डचेनले धान्न सक्ने, क्लिनिकल ट्रयालमा प्रभावकारी देखिएको हुनुपर्‍यो । एकदम थोरैको मात्रै फेज थ्री ट्रयाल (तेस्रो च रणको परीक्षण) को नतिजा आएको छ । अव जस्तो कोभ्याक्सिन, जस्तो भारत वायोटेक्कलाई हिजो भारतले स्वीकृति पनि दियो, त्यसको फेज थ्री ट्रयालको डाटा सार्वजनिक भएको छैन । त्यसले गर्दा त्यो कत्तिको प्रभावकारी छ भन्ने हामीलाई थाहा छैन । भ्याक्सिन रोज्दा हामीले हेर्ने भनेको सकेसम्म लामो समयसम्म त्यसले सुरक्षा प्रदान गर्न सक्ने खालको होस् ।  अहिलेसम्म कुन भ्याक्सिनले कति सुरक्षा प्रदान गर्छ भन्ने थाहा छैन ।

त्यसैले निर्णय गर्ने कुरा थोरै छन् – नेपाललाई धेरै मात्रामा र सस्तोमा उपलब्ध हुने, कोल्ड चेन मेन्टेन गर्न सकिने । यही भ्याक्सिन मात्रै हामी लिन्छौं भन्ने हामीलाई छुट्ट छैन । अंग्रेजीमा भनिन्छ नि – बेगर्स क्यान्ट बी चुजर्स ! माग्नेहरुले रोजीरोजी पाउदैंनन् । अब हामीले मोर्डनाको २÷४ लाख ल्याउन सक्छौं भने त्यो ल्याएर शुरु गर्नुपर्छ ।  त्यस्तै अक्सफोर्डको एस्ट्रोजेनिका, भारतको कोभिसिल्ड, राम्रो प्रभावकारिता देखिएको सिनोफार्म लगायत जुन जुन खोप उपलब्ध हुन्छ, त्यो ल्याएर खोप शुरु गरिहाल्नुपर्छ ।

मुख्य कुरा हामीले आन्तरिक गृहकार्य गरेर जता जताबाट जति जति ल्याउन सकिन्छ, ल्याएर खोप दिन थाल्नुपर्छ ।  यो समयसम्ममा यति यति भ्याक्सिन आउछ भन्ने कुरा चाहिँ निश्चित हुनुपर्यो । त्यसको लागि एउटा निश्चित मापदण्ड बनाउने र त्यसलाई पूरा गर्ने गरी समय तालिका बनाउन सकियो भने त्यो अनुसार कसलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने लगायतका योजना बनाउन सक्छौं ।

स्वास्थ्य मन्त्रीले ३ करोडलाई भ्याक्सिन दिने घोषणा गर्नु भएको छ । के ३ करोड नेपालीलाई नै भ्याक्सिन दिन जरुरी छ ?

केटाकेटीमा भ्याक्सिनको ट्रायल भएको छैन । अहिले १२ वर्ष माथिका लाई ट्रायल गर्दैछन् । यस हिसाबले पनि पूरै ३ करोड नेपालीलाई त भ्याक्सिन चाहिँदैन । तर खोप लगाउन योग्य अर्थात् वयस्क उमेरका मानिसहरु सबैलाई भ्याक्सिन दिन्छु भनेर योजना चाहिँ बनाउनुपर्छ । शतप्रतिशत लक्ष्य हासिल गर्न सम्भव नहुने भएकोले कम्तिमा ७० प्रतिशतलाई लक्षित गरियो भने  ४० प्रतिशतले त पाउँछन् ।

अर्को कुरा यो महामारीमा दुईतिहाइ जति जनताले भ्याक्सिन पाए अथवा उनीहरु संक्रमित भएर रोगप्रतिरोधी क्षमता विकसित भयो भने उनीहरुमा समुदाय प्रतिरोध (हर्ड इम्युनिटी) आउने अनुमान गरिएको छ । तर त्यसमा पनि चाँडै परिवर्तन आउन सक्छ । अहिले बेलायतबाट फैलिएको भनिएको नयाँ स्ट्रेनको भाइरसकोसंक्रमणशिलता बढी छ । यो हुने वित्तिकै तपाई त्यो हर्ड इम्युनिटीमा पुग्न ८०÷९० प्रतिशत मानिसलाई संक्रमण हुनुपर्ने अथवा भ्याक्सिन पाएको हुनुपर्ने हुन्छ । त्यो कारणले पनि हामीले ६०–७० प्रतिशतलाई दिएर मात्रै हामी सुरक्षित हुन्छौं भन्ने छैन । अहिले बेलायतको स्ट्रेनको कुरा छ भने अहिले जसरी महामारी  विश्वभरि लाखौं लाखौं मान्छेमा पनि एउटै शहरमा फैलिराखेको स्थितिमा अर्को ठाउँमा नयाँ स्ट्रेन निस्कन सक्छ । नेपालमै पनि निस्कन सक्छ । तर नेपालमा त्यो किसिमको तयारी गरिएकै छैन । जहाँ महामारीलाई एकदमै दवाएर केही सयको संख्यामा सीमित गरेर राख्न सफल भएका देशमा मात्रै नयाँ स्ट्रेन आउने र बाहिरबाट आइहाले पनि फैलिन सक्ने सम्भावना कम छ । तर दशौं हजार संक्रमण भइरहेका नेपाल लगायतका देशमा नयाँ स्ट्रेन आउने र विश्वव्यापी फैलने अथाव बाहिरबाट आएको नयाँ स्ट्रेनलाई पनि नियन्त्रण गर्न नसकिने सम्भावना एकदम ठूलो छ ।

अहिले जसरी महामारी  विश्वभरि लाखौं लाखौं मान्छेमा पनि एउटै शहरमा फैलिराखेको स्थितिमा अर्को ठाउँमा नयाँ स्ट्रेन निस्कन सक्छ । नेपालमै पनि निस्कन सक्छ । तर नेपालमा त्यो किसिमको तयारी गरिएकै छैन । जहाँ महामारीलाई एकदमै दवाएर केही सयको संख्यामा सीमित गरेर राख्न सफल भएका देशमा मात्रै नयाँ स्ट्रेन आउने र बाहिरबाट आइहाले पनि फैलिन सक्ने सम्भावना कम छ ।

प्रत्येक भ्याक्सिनको मैले अध्यन गर्दा के पाए भनेदेखि सबैले दावी के गरेका छन् भने ३ देखि ५ महिनासम्म उसले बनेको एन्टिवोडी रहन्छ ? के यसको अर्थ ५ महिनापछि फेरि भ्याक्सिन लिनुपर्छ ?

त्यस्तो दावी गरेको छैन । त्यो कसैले जस्तो मोड्ना, फाइजर उनीहरु कसैले पनि हामीले ५ महिनापछि प्रोटेक्सन दिदैँन है भनेर भनेको छैन । प्रश्न मात्रै के हो भने कति समय भ्याक्सिनले इम्युनिटी दिन्छ त ? एक वर्ष, ६ महिना वा २ वर्ष ? कति दिन्छ भन्ने कुरा  थाहा छैन । किन थाहा छैन भने भ्याक्सिन त बल्ल दुईतीन महिना हुन थालेको छ । कति देशमा त केही हप्तामात्र  भयो । तेस्रो क्लिनिकल ट्रयाल सुरु गरेको पनि ३÷४ महिना मात्रै भएको छ । त्यो कारणले भ्यासिक्नले कहिलेसम्म इम्युनिटी दिन्छ भन्ने कुरा थाहा नभएको भन्न खोजेको हो । तर, अहिलेसम्मका भ्याक्सिनहरुको अनुभव, महामारीको अनुभव, यो किसिमको भाइरल रोगहरुको अनुभवले चाहिँ यसको इम्युनिटी लामो समयसम्म रहन्छ भनेर सामान्यतया भन्न सकिन्छ । अब त्यो लामो समय भनेको कति हो ? त्यो दुई तीन वर्ष मात्रै हो कि १०÷१५ वर्ष, त्यो हाल हामीलाई थाहा छैन ।

के नेपाल सरकारले विज्ञका रुपमा तपाईंसँग सम्पर्क गरिरहन्छ ?

सरकारलाई विज्ञका रुपमा सहयोग गरिरहनुभएकाहरुसँग अप्रत्यक्ष रुपमा मेरो कहिलेकाहीँ कुराकानी हुन्छ । पहिले कुनैबेला मन्त्रालयले बोलाएको एकदुई पटक मिटिङमा गएको छु । अहिले त गएको छैन । पक्कै पनि मन्त्रालयले अरु विज्ञहरुलाई बोलाएर सल्लाह त लिइरहेकै होला ।

जस्तो स्कुल खोल्ने कुरा भयो । कदाचित तपाईं त्यहाँ पुग्नुभएको भए तपाईं त्यसको विरुद्धमै उभिनु हुन्थ्यो ?

मैले अघि पनि भनें, स्कुल खोलेपछि संक्रमणको संख्या बढयो भने त्यो तुरुन्तै थाहा पाउने जनस्वास्थ्यको संयन्त्र चाहिन्छ  ।  परीक्षणको संयन्त्र, स्कुलबाट कोरोना फैलन नदिन उचित भेन्टिलेसनसहितको भौतिक बन्दोबस्त, सामाजिक दूरी निश्चित गर्ने हाम्रो क्षमता अथवा त्यसको होमर्क हामीले गरेका छौं कि छैनौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । विदेशमा विद्यार्थी शिक्षण संक्रमित भए भने उनीहरुको पिसिआर परीक्षण र उपचारको व्यवस्था गरिएको हुन्छ  । त्यस्ता कुराहरु नभइकन  हामीले स्कुल खोल्न हुँदैन । समुदायमा अझै पनि कोरोना संक्रमण निक्कै फैलिरहेको देखिन्छ । हरेक दिन १० प्रतिशत पोजेटिभ देखिनु भनेको पनि ठूलो संख्या हो । त्यसबाट हामीले थुप्रै केश मिस गरिरहेका छौं भन्ने थाहा हुुन्छ । त्यो कारणले मैले स्कुल खोल्न हुँदैन नै भन्थे मैले  ।

विदेशमा विद्यार्थी शिक्षण संक्रमित भए भने उनीहरुको पिसिआर परीक्षण र उपचारको व्यवस्था गरिएको हुन्छ  । त्यस्ता कुराहरु नभइकन  हामीले स्कुल खोल्न हुँदैन । समुदायमा अझै पनि कोरोना संक्रमण निक्कै फैलिरहेको देखिन्छ । हरेक दिन १० प्रतिशत पोजेटिभ देखिनु भनेको पनि ठूलो संख्या हो ।

यो भन्दै गर्दा मैले ठूलो र घना बस्ती भएको काडमाडौं जस्ता शहरको कुरा गर्र्दैछु  । तर बस्ती पातलो भएको, संक्रमण सर्ने सम्भावना कम भएको तथा संक्रमण भएर हराइसकेको ठाउँमा स्कुल खोल्न सकिन्छ । विभिन्न क्षेत्रलाई क्षेत्रगत्त हिसाबले हेर्न पर्‍यो । समग्रमा काठमाडौं जस्ता जनघनत्व बढि भएको शहरमा  स्कुल खोल्नु हुँदैन ।

भ्याक्सिन नेपालमा आएपछि भ्याक्सिनेसन हुनमा कतिको चुनौती छ ?

यो एकदमै महत्वपूर्ण प्रश्न हो । भ्याक्सिन ल्याउनु नै ठूलो चुनौती भइसक्यो । तर, भ्याक्सिनले महामारी रोक्दैन । त्यो त भ्याक्सिनको वितरण र त्यो लगाउने कुरामा निर्भर गर्छ । भ्याक्सिन वितरणका लागि हाम्रो पुरनो अनुभव छ । गाउँघरमा स्वास्थ्य कार्यकर्ताले घरघरमा लगेर भ्याक्सिन लगाइदिनेसम्मको अनुभव छ ।

तर कोरोनाविरुद्धको भ्याक्सिन पहिले जस्तो एकदुई लाख दिएर पुग्ने होइन । यो त करोडौं मानिसलाई दिनुपर्ने भ्याक्सिन भएको हुनाले एकदमै ठूलो तयारी चाहिन्छ । लरतरो तयारी र गृहकार्यले हुँदैन । विदेशमा हेर्ने हो भने एकदमै विस्तृतमा अध्ययन भएको पाइन्छ । विशेषतः  भ्याक्सिन पाउनेपर्ने मानिसहरुको हुन्, स्वास्थ्यकर्मी कोको कहाँकहाँ कति जना छन्, कुन ठेगानामा बस्छन्, उनीहरुको फोन नम्बर के हो, कुन वार्डमा कति जना छन्, कहाँ बोलायो भने उनीहरुलाई सहज रुपमा भ्याक्सिनस दिन सकिन्छ जस्ता पक्षहरुमा विभिन्न होमर्कहरु भएको छ ।

कोरोनाविरुद्धको भ्याक्सिन पहिले जस्तो एकदुई लाख दिएर पुग्ने होइन । यो त करोडौं मानिसलाई दिनुपर्ने भ्याक्सिन भएको हुनाले एकदमै ठूलो तयारी चाहिन्छ । लरतरो तयारी र गृहकार्यले हुँदैन । विदेशमा हेर्ने हो भने एकदमै विस्तृतमा अध्ययन भएको पाइन्छ ।

उदाहरणको लागि एउटा म डाइबिटिज समेत भएको स्वास्थ्यकर्मी हुस्वास्थ्यकर्मीको हिसाबले म  उच्च जोखिममा त भए नै, डाइवेटिजको हिसाबले पनि उच्च जोखिममा भए । दुईवटै लिस्टमा मेरो नाम हुन सक्छ नि त । अब त्यो ओभर ल्याब भएको हटाउन पर्‍यो नि त्यो  । एउटा लिष्टमा मात्रै मलाई पर्‍यो भने पो भ्याक्सिन दिनुपर्नेको वास्तविक संख्या थाहा हुन्छ । त्यस्ता  मिलाउनुपर्ने थुप्रो कामहरु छ ।

दिनमा दुई लाख भ्याक्सिन दिनुपर्ने छ भने त्यो स्टोरेज गर्ने ठाउँ पनि चाहियो । त्यो कोल्डचेज बनाउनको लागि फ्रिजरहरु चाहिन्छ, कहाँबाट लाने, सम्बन्धित ठाउँमा केले पुर्याउने,  कहाँ लगेर राख्ने जस्ता कुराहरु अनि भ्याक्सिन वितरण गर्न तालिमका कुरा पनि आउँछन् । अहिले  जस्तो भारतले दिनमा १० औं हजारलाई भ्याक्सिन दिनका लागि अहिले तालिम दिइरहेको छ । त्यस्तो कुराहरु गरिनु पर्छ ।

नेपालले अहिलेदेखि त्यो तयारी गरे हुँदैन ?

त्यो उहाँहरुले गरिरहनुभएकै होला । तर सबैभन्दा पहिले हामीले गर्नुपर्ने भनेको भ्याक्सिनको लागि सम्झौता हो । यति लाख डोज यती गते आउछ भन्ने अब लिखितमा हुनुपर्‍यो । त्यो भएपछि त्यस अनुसार तयारी गर्न मिल्छ । जस्तो दुई महिनापछि आउने भ्याक्सिन कोकोलाई दिने त ? हाम्रो प्राथमिकताअनुसार उच्च जोखिमका मान्छे को हुन् ? तिनीहरु कहाँ छन् ? तिनीहरुसम्म भ्याक्सिन कसरी जस्ता कुराहरु सबैभन्दा पहिले गर्नुपर्ने तयारी  हो ।  भ्याक्सिन परीक्षणको चरणमा छँदा नै कतिपय देशहरुले भ्याक्सिन सफल भयो भने यतिवटा भ्याक्सिन चाहिन्छ भनेर पहिला नै पैसा दिएका छन् । अब हामीलाई त भ्याक्सिनको बारेमा प्रारम्भिक डाटाहरु त थाहा भइसकेको छ । हामीले त्यो गर्नुपर्ने हो । त्यो गरेपछि अन्य तयारीहरु पनि चाडै गर्नुपर्ने हो ।

भ्याक्सिन निर्माता कम्पनीहरुले एक किसिमको प्रचार के गरेको छ भने कोभिड लागेर निको भइसकेका व्यक्तिले पनि भ्याक्सिन लिनुपर्छ । भ्याक्सिनले दिने प्रतिरोध त संक्रमित भएर निको भएकाले आफै हार्ड इम्युनीटीबाट प्राप्त गरिसकेको स्थितिमा पुनः उसलाई पनि भ्याक्सिन दिनु आवश्यक हुन्छ ? तपाईंको अनुभवले के भन्छ ?

 वास्तवमा, भ्याक्सिनबारे मेरो खासैै अनुभव छैन । कोरोना संक्रमित बिरामीलाई उपचार गरेको अनुभव छ । भ्याक्सिन लगाएको व्यक्तिलाई हेरेको छैन । मेरो आफ्नो अनुभवभन्दा पनि अहिले विश्वव्यापी रुपमा भएका अध्ययनहरुले के भन्छ र अभ्यास के भएका छन् भन्ने कुरा हेर्नुपर्छ । यसबारेमा ठयाक्कै यहीँ हो भन्ने स्पष्ट छैन ।अरु देशमा संक्रमण भइसकेको मानिसले पनि भ्याक्सिन लगाउनु भनेर सिडिसी, यूरोपिएन सिडिसि जस्ताले सिफारिश गरेका छन् । त्यसअनुसार तपाईलाई साँच्चै भर्खरै संक्रमण भएको छ (गएको ९० दिन भित्र) भने ९० दिन पछि लाउछु भन्ने पाउनुहुन्छ । त्यो गरे हुन्छ । तर, हामीले चिकित्सीय रुपमा आपत्ति जनाउनुपर्ने कुरा छैन । तर, ९० दिनपछि तपाईंमा रोग प्रतिरोधी क्षमता कुन तहमा हुन्छ भन्न गाह्रो हुन्छ । त्यसकारण संक्रमित भइसकेकाले पनि कसैलाई भ्याक्सिन लगाउनु श्रेयस्कर छ उनेर उनीहरु भन्छन् तर कसैलाई भ्याक्सिन लगाउन जबरजस्ती चाहिँ गर्दैन ।

त्यसो हो भने नेपालमा कोरोनाबाट भरखरै निको भएका व्यक्तिले केहीबेर पर्खिएर अरुलाई भ्याक्सिन दिँदा हुन्छ ?

अब त्यसका पाटाहरु छन् । जस्तो कोरोनाभाइरस संक्रमण भएका कति मान्छेलाई सामान्य लक्षण मात्रै देखापरेर निको भएका हुन्छन् भने कतिपय चाहिँ सिकिस्त नै भएर पनि निको भएका हुन्छन् । लक्षण नै नभएका वा सामान्य लक्षण मात्रै देखापरेका  मान्छेलाई संक्रमण भएर निको भएको छ भने उसको इम्युन रेस्पोन्सलाई कति थियो वा उसको शरीरले रोगप्रतिरोधी क्षमता कति बनायो भन्न अलि गाह्रो छ । कडा रोग लागेकाले निको भएपछि भाइरससँग लड्नका लागि राम्रो प्रतिरोधी क्षमता बनाएको होला । तर जसको सामान्य लक्षण देखापरेर निको भएकामा भ्याक्सिननै लगाउनै नपर्ने गरी रोग प्रतिरोधी क्षमता उसको बन्यो कि बनेन भनेर भन्न गाह्रो छ । यी यस्ता कारणले गर्दा संक्रमण भएर निको भएका सबैत सबैले भ्याक्सिन लगाउनु पर्छ भनिएको हो ।

 यहाँ मलाई जिज्ञासा लाग्यो मलाई कसैलाई सामान्य लक्षणमै ठिक भयो केही अलिअलि बिरामी भए, कोही गम्भिर भएर निको भए । गम्भिर भएको मान्छेमा नै पनि एन्टिवोडी बी टि सेल बने, जसलाई कुनै लक्षण देखिएन । के त्यसमा चाहिँ एन्टिबोडी विटि सेल बन्दैन्थ्यो ?

 बन्छन् । एन्टिवोडी पनि देखिन्छ । संक्रमणको लक्षण कम भएका मान्छेमा पनि टि सेलको रेस्पोन्स पनि देखिन्छ । तर, सम्भवतः लक्षण कम देखिएको वा लक्षण नै नभएका मानिसमा प्रतिरोधी क्षमता वा एन्टिवोडी रेसपोन्सहरु कम बलियो देखिन्छ । त्यसले कत्तिको सुरक्षा गर्न सक्छ भन्न सकिन्न । अर्को कुरा,  भ्याक्सिन भनेको भाइरससँग लड्न शरीरलाई तालिम दिएको हो ।  एक हिसाबले भन्दा जति धेरै तालिम दिनुभयो, उति राम्रो हुन्छ । अगाडिको स्ट्रेनसँग लड्न शरीरलाई खासै दुख गर्न परेनन् । तपाईलाई सामान्य खालको मात्रै रोग भयो । तर, नयाँ स्ट्रेनले बढी सिकिस्त पार्छ कि ? अहिले बेलायतमा देखिएको मात्र हैन, अरु अरु नयाँ स्ट्रेन पनि आउन सक्छन् कि ? भ्याक्सिनेसनका  कार्यक्रमहरु त्यो अनुसार पनि सोच्नुपर्छ ।

त्यो कारणले पनि विदेशतिर संक्रमित समेत सबैले भ्याक्सिन लगाउन भनेको हो । मेरो विचार त्यो सही कुरा पनि हो । जस्तो म भरखर संक्रमित भएको छु । अहिले म लगाउँदिनँ, अरुले लगाउन् ताकि अरुलाई भ्याक्सिन लगाउन पुगोस्, म पछि लगाउँछु भन्दा पनि ठिकै हुन्छ ।  

सरकारी तवरबाट यस्तो प्रचारप्रसार भयो भने पनि भ्याक्सिन आउने वित्तिकै खोपकेन्द्रमा हुन सक्ने सम्भावित भीडभाडलाई एक किसिमको तहल्का भिडभाड हुने कुरालाई व्यवस्थापन गर्न सकिन्थ्यो कि ?

त्यो पनि सकिने तर  पछाडिको कुरा हो । पहिला भ्याक्सिनको सम्झौता होस् । हामीलाई यति संख्यामा यति भ्याक्सिन योयो किसिमको आउँछन् भन्ने सुनिश्चित होस् । बाँकी कुराहरु पछि गरे हुन्छ ।

वर्तमान समयमा जनतालाई नयाँ स्वरुपको भाइरसको शंकाले सताएको छ । यो स्थितिमा भ्याक्सिन नआउन्जेलसम्म केके गरेर सुरक्षित हुन सकिन्छ ?

हाम्रो अहिलेको लागि भ्याक्सिन भनेको नै मास्कको सही प्रयोग,  भौतिक दूरीको पालना, नियमित रुपमा हात धुने,  भीडमा नजाने, बन्द स्थानमा सकेसम्म नबस्ने जस्ता कुराहरुमा ख्याल गर्ने हो । हामी आम नागरिकले भ्याक्सिन लगाउने सपना अझै एक ढेड वर्ष पुरा हुँदैन ।

यो बीचमा फेरि कोरोनाभाइरसका नयाँ स्ट्रेनहरु पनि आउन सक्छन् । यो स्थितिमा हामीले बचावटका लागि गर्नुपर्ने कुराहरु  त गर्नैपर्छ । हामी एकडेढ वर्ष जोगियौं भने अब अनि त्यसपछि भ्याक्सिन पनि आउला महामारी विस्तारै कम पनि होला । त्यसो हुँदा यो हामीकहाँ एकदुई महिनाको परीक्षा हैन । अरु देशमा  एकदुई महिनाको परीक्षा छ । हाम्रो चाहिँ अब एकढेड वर्षको परीक्षा छ ।

अहिले तरकारी बजार, जस्तो भिड्भाड हुने धेरै ठाउँमा धेरै जना संक्रमण भएर त्यहाँ महामारी फैलिन छोडेको जस्तो देखिन्छ । त्यही भएर संख्या घटेको जस्तो पनि देखिन्छ । तर अझै पनि नेपालमा थुप्रै ठाउँहरु छन्, जहाँ अधिकांश मानिसलाई संक्रमण भएको छैन । काठमाडौंको पनि धेरै  धेरै भिडभाड हुने ठाउँमा संक्रमण भएको होला । तर भित्रभित्र अधिकांश मानिसलाई संक्रमण भएको छैन । अर्थात् उनीहरु जोखिममा छन् । गाउँघरतिर त सबै जोखिममा छन् ।  पातलो बस्ती र धेरै भीडभाड नभएको कारणले मात्रै जोगिएका हौं । तर जोखिममा  हामी सबै छौं ।

यो बीचमा फेरि कोरोनाभाइरसका नयाँ स्ट्रेनहरु पनि आउन सक्छन् । यो स्थितिमा हामीले बचावटका लागि गर्नुपर्ने कुराहरु  त गर्नैपर्छ । हामी एकडेढ वर्ष जोगियौं भने अब अनि त्यसपछि भ्याक्सिन पनि आउला महामारी विस्तारै कम पनि होला । त्यसो हुँदा यो हामीकहाँ एकदुई महिनाको परीक्षा हैन । अरु देशमा  एकदुई महिनाको परीक्षा छ । हाम्रो चाहिँ अब एकढेड वर्षको परीक्षा छ । हामीले धैर्य गर्नैपर्छ ।

त्योबीचमा विस्तारै स्कुल, उद्योग, कलकालखाना, बजार सबै खोल्नुपर्छ होला । तर त्यसका लागि गृहकार्य गर्नुपर्छ । सरकारले  महामारी नियन्त्रणका लागि गर्नुपर्ने सबै कामहरु गर्नुपर्छ र  जनताले पनि आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने उत्तरदायित्व पूरा गर्नुपर्छ ।

नेपालको कोरोना संक्रमणबाट निको हुने दर (रिकभरी रेट) ९७ प्रतिशतभन्दा बढी छ भनिन्छ । यसबारेमा तपाईंको टिप्पणी के छ ? 

रिकबरी रेट भनेको एकदमै फाल्तु नम्बर वा  तंथ्याङ हो । कोरोनाभाइरसको मृत्यु दर चाहिँ विभिन्न देशमा औसत रुपमा ०.७८ वा १ प्रतिशतसम्म होला । बाँकी सबै ९९ प्रतिशत रिकभरी नै हुन् ।  त्यसैले ९७ प्रतिशत रिकभरी रेट भन्ने कुरा एकदमै वाहियात कुरा हो  । हामी किन त्यस्तो संख्या दिनदिनै फुकेर बस्छौं,  मलाई थाहा छैन ।

हामी अरु भन्दा रिकवर भएको जस्तो लाग्दैन । अथवा छ भने कसैले अध्ययन गरेर देखाओस् । एकदमै गलत तरिकाले संकलन गरिएको नमुना, एकदमै गलत तरिकाले छानेर दिइएको तंथ्याक छ । जस्तो कात्तिकमा मरेको मान्छेको मंसिर नाम गएको हुन्छ । त्यस्ता कुराको आधारमा हामी मृत्युदर कम वा बढी भन्छौं । आर्यघाटमा मान्छेको भीड छ भनिन्छ तर हाम्रो मृत्युदर कम छ । आर्यघाटको भीड चाहिँ कसरी भयो त फेरि ? त्यस्ता कुराहरु केही पत्ता नलगाइकन गहिरोसँग अध्ययन नगरिकन हामी त्यतिकै मृत्युदर कम वा बढी छ भन्छौं । त्यो एकदमै हाम्रो अवैज्ञानिक कुरा हो ।

अन्तरवार्ता उतार एवं प्रस्तुति: माया श्रेष्ठ

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X