बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

हसिना र सुन्दरी दुईजनासँग गरिएको चन्दूको विवाहको व्यापक चर्चा

शुक्रबार, २४ पुस २०७७, १४ : १४
शुक्रबार, २४ पुस २०७७

भारतको छत्तिसगढस्थित बस्तरमा भएको एक विवाहको व्यापक चर्चा छ । 

उक्त विवाह टिकरा लोहंगा गाउँमा सम्पन्न भयो जसमा गाउँका चन्दू मौर्यले एकै मण्डपमा एकैपटक दुईजनासँग विवाह गरेका छन् । 

विवाह आइतबार सम्पन्न भयो जुन चार दिनसम्म चलेको थियो । 

मुरिया जनजातिका चन्दू भन्छन्, ‘मैले दुबैलाई प्रेम गरेको थिएँ र कसैलाई पनि धोका दिन सक्दिनथेँ । मनमा थोरै प्रश्न त थियो तर जब दुबैजना यो विवाहका लागि तयार भए तब म पनि राजी भएँ ।’

उनकी श्रीमती सुन्दरी कश्यप र हसिना बघेल पनि यो विवाहबाट निकै खुसी छन् । 

सुन्दरी भन्छिन्, ‘म उनलाई रुचाउँथे र उनीसँगै बस्न चाहन्थेँ । त्यसपछि हसिना आइन् । उनी पनि सँगै बस्न चाहन्थिन् । मलाई त कुनै समस्या थिएन । पछि जब विवाहको कुरा आयो तब निश्चित भयो कि हामी दुबै चन्दूका दुलही बन्नेछौं ।’

पहिलो भेटमा प्रेम प्रस्तावः

टिकरा लोहंगा गाउँमा बस्ने ९ कक्षा पास चन्दू मौर्य खेती–किसानी गर्छन् । 

कूल दुई एकडमा खेती किसानीबाहेक वनबाट पाइने उत्पादनको संग्रह पनि परिवारको आयको ठूलो श्रोत हो । 

चन्दूका अनुसार तीन वर्ष अघि उनको भेट सुन्दरी कश्यपसँग त्यतिबेला भयो जब उनी सुन्दरीको गाउँ तोकापालको एरंडवालमा एक कामको सिलसिलामा पुगेका थिए । 

पहिलो भेटमा नै १० कक्षा पास सुन्दरीले प्रेम प्रस्ताव राखिन् र २४ वर्षका चन्दूलाई पनि २१ वर्षकी सुन्दरी मन परिन् । चन्दू आफ्नो गाउँ फर्किए तर सेलफोनले यी दुबैलाई जाडिराख्यो र उनीहरुको  प्रेम थप गहिरिँदै गयो । 

त्यसपछि हसिनासँग भयो भेटः

यसैबीच दुई वर्षपछि चन्दूको भेट आफ्नै गाउँकी २० वर्षीया हसिना बघेलसँग भयो । करंजी गाउँमा बस्ने ९ कक्षा पास हसिना एक विवाह समारोहमा भाग लिन ुगेकी थिइन् । 

चन्दू भन्छन्, ‘गाउँमा एक विवाह समारोहमा हसिना आएकी थिइन् । उनले कुरा गर्न भनिन् । मैले पनि हुन्छ भनिदिएँ । मलाई लाग्यो कि यसरी नै दोस्ती चलिरहनेछ, तर कुरा त्यतिमा मात्रै सिमित भएन ।’

चन्दू र हसिनाको कुराकानीको सिलसिला सुरु भयो र एकदिन हसिनाले उनलाई प्रेम गर्ने बताइन् । 

चन्दूले हसिनालाई सुन्दरीबारे बताए । हसिनाले ‘तिमीसँग पहिला जोसँग बस्न आउँछ, त्यहि सँग बस्न’ भनेर सुझाइन् । 

चन्दूकमा अनुसार उनी आफ्नो यो सम्बन्ध सुन्दरीबाट लुकाउन चाहँदैनथे । त्यसैले उनले सुन्दरीलाई यसबारे स्पष्ट रुपमा भनिदिए । 

चन्दूका अनुसार उनले सुन्दरी र हसिनाको भेट गराइदिए र महिनौंसम्म तीनजनाको सेलफोनमा आपसमा कुराकानी गरिरहे । 

लिभ इन र विवाहः

केही दिनपछि हसिना बघेल आफ्नो गाउँ छोडेर चन्दूसँग बस्न थालिन् । 

छत्तिसगढका थुप्रै जनजातीमा यो निकै सामान्य कुरा हो र केही सामान्य रिवाजसहित विवाह नगरिकनै युवा युवती एक अर्काको घरमा बस्न सक्छन् । 

हसिना आएको खबर जब सुन्दरीले थाहा पाइन् तब उनी पनि चन्दूको घरमा पुगिन् । तर सुन्दरीका परिवार यसका लागि तयार थिएनन् । उनीहरुले सुन्दरीलाई आफूसँग लिएर गाउँ फर्किए । 

चन्दू भन्छन्, ‘त्यसपछि एकदिन सुन्दरी आफ्नो गाउँबाट भागेर मेरो घरमा आइन् र हामी तीनैजना सँगै बस्न थाल्यौं ।’

चन्दूका अनुसार सँगै बसेको लगभग एक वर्ष भयो र समाजका मानिसहरुले अब विवाह गर्नुपर्ने बताएका छन् । 

सुन्दरी र हसिना चन्दूसँग विवाह गरेर सँगै बस्नका लागि तयार थिए । 

विवाहका लागि जुन कार्ड छापियो, त्यसमा दुबै दुलहीको नाम राखियो । गाउँमा धुमधामका साथ विवाह भयो र दुबै दुलहीसँग विवाहको सबै काम पूरा गरियो । उक्त विवाहमा हसिनाका परिवार त आए तर सुन्दरीका कोही पनि आफन्त आएनन् । 

सुन्दरी भन्छिन्, ‘म यो विवाहसँग खुसी छु । हामी दुबै सँगै मिलेर घरको काम गर्छौं । हसिनासँग कुनै कुरामा पनि विवाद हुँदैन ।’

सुन्दरी र हसिना अब आफैं बजार जान्छन् तब आफूलाई मनपर्ने कपडा खरिद गर्छन् तर जब चन्दूले उपहार दिनुपर्छ तब उनी दुबै श्रीमतीलाई एकै खाले सारी खरिद गर्न चाहन्छन् । 

सुन्दरी, हसिना र चन्दूलाई विश्वास छ कि भविष्यमा पनि उनीहरुबीच कुनै प्रकारको समस्या हुनेछैन । उनीहरु खेती–किसानी गरेर आफ्नो गुजारा गर्नेछन् । 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप