विकास बैंक र फाइनान्स पनि अब आरटीजीएस प्रणालीमा, चेक क्लियरिङ झन्झट नहुने

काठमाडौं । बैंकिङ प्रणालीमा हुने ठूला कारोबारका लागि प्रयोग गरिने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मा १० विकास बैंक आवद्ध भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्रिय स्तरका ८ विकास बैंक र राष्ट्रिय स्तरकै २ वटा फाइनान्स कम्पनी समेत गरी १० वटा वित्तीय संस्था यो प्रणालीमा आवद्ध भएका हुन् ।
यसरी आवद्ध हुने विकास बैंकहरुमा ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक रहेका छन् । हाल राष्ट्रिय स्तरको मान्यता पाएका बैंकहरुको संख्या समेत ८ नै रहेकाले अब राष्ट्रिय स्तरका सबै बैंकहरु यो प्रणालीमा आवद्ध भइसकेका छन् ।
त्यस्तै, राष्ट्रिय स्तरकै दुई बैंकहरु मञ्जुश्री फाइनान्स र आईसीएफसी फाइनान्स पनि यो प्रणालीमा आवद्ध भएका छन् । वाणिज्य बैंकहरु भने १ वर्ष अघि नै यो प्रणालीमा आवद्ध भइसकेका छन् ।
यो प्रणालीमार्फत् हाल २० लाख वा सोभन्दा माथिको कारोबार हुँदै आएको छ । यस्तो रकम रियल टाइममै ट्रान्सफर हुन्छ । सामान्य चेकमार्फत् हुने कारोबारमा रकम झिक्ने मान्छेले अर्को खाताबाट रकम ‘तान्ने प्रणाली’ छ ।
आरटीजीएस भने ‘धकेल्ने प्रणाली’ हो । यो प्रणालीमा रकम भुक्तानी गर्नेले नै आफ्नो खातामा रहेको रकम अर्को खातामा जम्मा गरिदिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति