बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका चोपडाले तोडिन् लकडाउनको नियम, सैलुनमा पुगे प्रहरी

शुक्रबार, २४ पुस २०७७, १३ : ३१
शुक्रबार, २४ पुस २०७७

फिल्म अभिनेत्री प्रियंका चोपडा आफ्ना श्रीमान् निक जोनससँग लण्डनमा कोरोना लकडाउनका कारण फसेकी छिन् । अब उनले जोश वुडको स्टाइलिस सैलुनमा आफ्नी आमा मधु चोपडासँग लकडाउनको नियम तोडेको बताइएको छ । यद्यपि, प्रियंका चोपडा र जोश वुडमाथि जरिवाना भने लगाइएको छैन । 

प्रहरीका प्रवक्ता मेल अनलाइनसँगको कुराकानीमा प्रहरीलाई बेलुका ५ः४० मा यसबारे जानकारी  दिइएको बताए । हेयर ड्रेसरले लकडाउनको नियम उल्लंघन गरेको बताइएपछि प्रहरी सैलुनमा पुगेको र सैलुनका मालिकलाई कोभिड–१९ सँग सम्बन्धित सबै नियम पालना गर्न निर्देशन दिइएको जनाइएको छ । उनीमाथि कुनै जरिवाना नतोकिएको पनि जानकारीमा उल्लेख छ । 

सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युकेमा लकडाउनको घोषणा गरेका छन् । प्रियंका चोपडा बाहिर निस्कनु नै नियमको उल्लंघन बताइएको छ । सोमबार प्रधानमन्त्रीले बेलायतमा बस्ने सबैलाई नियमको कडासँग पालना गर्न निर्देशन दिएका थिए । प्रियंकाले भने बुधबार लकडाउनको नियम तोडेकी हुन् । उनी सैलुनमा हेयर अपोइन्टमेन्टका लागि गएकी थिइन् । बोरिस जोनसनले आफू पुनः एकपटक देशव्यापी रुपमा लकडाउन लागू गर्न बाध्य भएको जानकारी दिएका थिए । लकडाउनको नियम उल्लंघन गर्नेलाई १० हजार पाउन्डसम्मको जरिवाना लाग्न सक्ने पनि बताइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप