बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

चीनमा १ सय २० जनामा संक्रमण, १ करोड १० लाख जनसंख्या लकडाउनमा

शुक्रबार, २४ पुस २०७७, १३ : २१
शुक्रबार, २४ पुस २०७७

हेवेई प्रान्तमा १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि चीनले यस प्रान्तको मुख्य शहर सीजियाझुवाङमा लकडाउन गरेको छ । यस शहरमा १ करोड १० लाख जनसंख्या छ । जनतालाई शहर छाड्न प्रतिबन्ध लगाइएको छ भने स्कुलहरु पनि बन्द भएका छन् ।

हरेक नागरिकले परीक्षण गर्न सकुन् भनेर ५ हजारभन्दा धेरै परीक्षण केन्द्रहरु पनि निर्माण गरिएको छ ।  चीनमा पछिल्लो ५ महिनायता एकैपटक यति ठूलो संख्यामा मानिसहरु संक्रमित भएको यो पहिलो अवसर हो । कडा कदममार्फत महामारीलाई नियन्त्रणमा राख्न चीन सफल हुँदै आएको छ ।

सानै रुपमा भएपनि संक्रमण फैलिएको पुष्टि हुनासाथ चीनले ठूलो जनसंख्यालाई परीक्षण गर्ने गरेको छ । बिहीबार चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा लकडाउन भएपछि स्थानीय निराश बनेका छन् । चिनियाँ नयाँ वर्ष आउन एक सातामात्रै बाँकी छ र यस अवधिमा किनमेलका लागि शहरमा भिड बढ्नसक्ने खतरालाई पनि ध्यानमा राखेर अधिकारीहरुले लकडाउन गरेका हुन् ।

२०१९ मा चीनको उहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरस संसारभर फैलिएको थियो । यद्यपी, चीनले चाडैं नै यस भाइरसलाई नियन्त्रण राखेकाले अन्य देशको तुलनामा कम क्षति भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप