बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड-नेपाल पक्षले सीडीओमार्फत प्रधानमन्त्रीलाई बुझाए विरोधपत्र

rautahat
शुक्रबार, २४ पुस २०७७, १२ : ५२
शुक्रबार, २४ पुस २०७७

रौतहट । रौतहटस्थित प्रचण्ड-नेपाल पक्षले रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवमार्फत प्रधानमन्त्री केपी ओलीलाई विरोधपत्र बुझाएको छ ।

पार्टी केन्द्रको निर्देशन अनुसार  प्रधानमन्त्रीको  संसद विघटन गर्ने कदमको विरोधमा विरोधपत्र पठाइएको नेकपा केन्द्रीय सदस्य युवराज भट्टराईले जानकारी दिए ।

 गत पुस ५ गते संसद विघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेकोमा उक्त कदम सच्याएर संसद पुनर्स्थापित गर्न प्रधानमन्त्री ओलीसँग माग गरिएको छ । 

भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्रीको अधिकार नभएकाले संविधानको धारा एकपटक पढ्न ओलीलाई सुझाए  । विरोधपत्र बुझाउने टोलीमा भट्टराईसँगै पूर्व मन्त्री सत्यनारायण भगत, अशोक जयसवाल, कमल यादव लगायतको सहभागिता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप