सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

आरम्भ चौतारीले दुई लघुवित्तलाई गाभ्ने

बिहीबार, २३ पुस २०७७, २१ : ५३
बिहीबार, २३ पुस २०७७

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले थप दुई वटा वित्तीय संस्थालाई गाभ्ने भएको छ । सो संस्थाले देउराली लघुवित्त वित्तीय संस्था र विपिडब्ल्यू लघुवित्त वित्तीय संस्थालाई गाभ्न लागेको हो । 

एक आपसमा संस्था गाभ्ने भन्दै गत असोज ९ गते नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक सहमतिका लागि निवेदन दिइएको थियो । सैद्धान्तिक सहमतिका लागि आवेदन गर्दा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तलाई गाभ्ने निर्णय भएको  थियो । तर, यही पुस ७ गते ती संस्थासँगको प्रारम्भिक सहमति रद्द गरेको केन्द्रीय बैंकलाई जानकारी गराएको थियो । 
 
केन्द्रीय बैंकले पछिल्लो सहमतिलाई यही पुस २२ गते बुुधबार एक आपसमा गाभिनका लागि स्वीकृति दिएको छ । आरम्भ चौतारीका अध्यक्ष जगतबहादुर पोखरेलका अनुसार कूल शेयरपूँजी रु २६ करोड ३४ लाख ४८ हजार रहेको छ । यस्तै गाभिन लागेको विपिडब्लयूको रु दुई करोड तीन लाख शेयर पूँजी छ भने देउरालीको रु दुई करोड ४० लाख शेयर पूँजी छ । 

बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारीले बुटवलमा केन्द्रीय कार्यालय रहेको देउराली र बनेपामा केन्द्रीय कार्यालय रहेको विपिडब्ल्यू लघुवित्त प्राप्ति गर्न लागेको अध्यक्ष पोखरेलको भनाइ छ । 

प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको जानकारी दिँदै पोखरेले उक्त कदम वित्तीय स्थायित्वका लागि एउटा कोशेढुङ्गा हुने बताउनुभयो । आरम्भ चौतारीका ४५ जिल्लामा १०७ शाखा छन् ।

 कूल लगानी रु तीन अर्ब २३ करोड ९२ लाख छ भने बचतमा रु एक अर्ब तीन करोड ९१ लाख छ । यस्तै सदस्य सङ्ख्या ६८ हजार ४६ जना छन् । यस्तै देउरालीको आठ जिल्लामा १२ शाखा र विपिडब्ल्यूको पाँच जिल्लामा पाँच शाखा सञ्चालनमा छन् । शेयर स्वाप अनुपात १००ः ९५ हुनेगरी प्राप्ति गर्न लागिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप