आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा छौँ : नेता भट्टराई

बिहीबार, २३ पुस २०७७, २१ : २३
बिहीबार, २३ पुस २०७७

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपालका समूहका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले निर्वाचित प्रतिनिधिको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताएका छन् । नेकपा निकट जनवर्गीय सङ्गठनको जिल्लास्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले सम्मानित सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गर्ने बताए ।  

उनले भने, “पूर्वप्रधानान्याधीस, बारका पूर्वअध्यक्षहरु, कानून व्यवसायीलगायत सबै प्रधानमन्त्रीको कदमको विपक्षमा हुनुहुन्छ । यसका बारेमा अदालतमा सुनुवाइ चलिरहेको छ, हामीलाई विश्वास छ अदालतले संसद् पुनःस्थापना गर्नेछ ।” 

नेता भट्टराईले प्रचण्ड–माधव नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी रहेकाले सूर्य चुनाव चिह्न पनि यही पार्टीको हुने दावी गरे । 

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले प्रधामन्त्रीले अन्तै बाटो लिएपछि आफ्नो पार्टी जनताको परिर्वतन र समृद्धिका लागि नयाँ सङ्कल्पसहित जनतामाझ आएको बताए । 

उनले भने, “हामीले सुशासन र समृद्धि भनेका थियौँ, स्थायित्वका साथ समाजवादको यात्रामा अघि बढेका थियौँ तर अहिले बाध्यताबस नयाँ बाटो हिँड्न बाध्य छौँ । जनताको सपना पूरा गर्न निरन्तर लागि रहन्छौँ ।” 

नेता पौडेलले प्रधानमन्त्रीलाई काम गर्न पार्टीमा कुनै अवरोध र घेराबन्दी नभएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप