आफ्नै पार्टीभित्र आन्तरिक समस्या भएको हो : मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केही व्यक्तिको पद प्राप्तिको अतृप्त चाहनाका कारण नेकपाभित्र समस्या उत्पन्न भएको बताएका छन् । हेटौँडाको पदमपोखरीमा नेकपाका अगुवा कार्यकर्ता भेलामा आज उनले केपी ओली नेतृत्वको सरकारलाई नेकपा भित्रैबाट असहयोग भएको बताए ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारलाई काम गर्न नदिने खेल शुरु भइसकेको उल्लेख गर्दै सरकारलाई अस्थीर बनाएर विकासका गतिविधि रोक्ने खेल प्रतिपक्षभन्दा पनि आफ्नै दलका नेताले शुरु गरेको बताए ।
पौडेलले आफूलाई हटाउन आफ्नै जिल्ला र दलका व्यक्ति लागेकाले उनीहरुलाई मकवानपुरका जनताले जिल्लाको विकास विरोधीका रुपमा बुझ्नुपर्ने बताए ।
नेकपाकी केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले जिल्लाका विकास प्रेमी नेता मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर मकवानपुरे जनतालाई अविश्वास गरेको बताए । समग्र प्रदेशमा विकासका लागि मरिमेटेका उनै मुख्यमन्त्रीलाई हटाउन आफ्नै जिल्लाका केही नेता लागेको भन्दै केन्द्रीय सदस्य श्रेष्ठले राजधानी भएको हिसाबले मकवानपुरमा बढीनै विकासका परियोजना परेको उल्लेख गर्दै जिल्लाको विकास नचाहनेले मुख्यमन्त्री परिवर्तनको खेल शुरु गरेको धारणा राखे ।
नेकपा मकवानपुरका युवा नेता तथा हेटौँडा उपमहानगरपालिका–१४ का वडाध्यक्ष दीपक खड्काले हेटौँडालाई प्रदेशको राजधानी, हेटौँडा अस्पताललाई ३०० बेडको मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण, भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माणको थालनी, हेटौँडा–६ मा दुई हजारसम्म युवा पढ्न सक्ने बहुप्राविधिक महाविद्यालय, गौरीटार वृहत रङ्गशाला, प्रदेश चक्रपथ, काठ चक्रपथ, विद्युतीय बसको शुभारम्भ, पालिका सदरमुकाम सुगम पार्न पक्की सडक निर्माणको कार्य प्रारम्भलगायत समग्र विकासको ऐतिहासिक नेतृत्व गरिरहेको मुख्यमन्त्री पौडेलविरुद्ध लाग्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
-
राजीनामा दिने सोचमा पुगेकै हुन् त क्यानडाका प्रधानमन्त्री ?
-
काठमाडौँमा जुवा खेलिरहेका १७ जना पक्राउ
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?