राष्ट्रपति भण्डारीद्वारा स्विस राष्ट्रपति पार्मेलिनलाई बधाई
बिहीबार, २३ पुस २०७७, २० : ४०
राष्ट्रपति विद्यादेवी भण्डारीले स्विस महासङ्घका राष्ट्रपतिको कार्यभार सम्हालेका गी पार्मेलिनलाई बधाई ज्ञापन गरेकी छन् । राष्ट्रपति भण्डारीले आफ्ना स्विस समकक्षीलाई आज सन्देश पठाएर उनप्रति बधाई ज्ञापन गरिन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताउँदै नेपालको विकास प्रयासमा स्विट्जरल्याण्डबाट प्राप्त सहयोगको सराहना गरिन् ।
उनले आगामी दिनमा स्विस राष्ट्रपतिसँग निकट सम्पर्कमा रहेर साझा चासोका विषयमा सहकार्य गर्ने इच्छा पनि सन्देशमा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)