शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लैनचौरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन

बिहीबार, २३ पुस २०७७, १८ : २४
बिहीबार, २३ पुस २०७७

काठमाडौं । लैनचौरस्थित अमृत क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् । संसद विघटन बिरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा विद्यार्थीले प्रधानमन्त्री ओलीको तस्बिर र पुत्ला जलाएका छन् ।  विद्यार्थीको हातबाट प्रहरीले पुत्ला खोसेको थियो । बिहिबार साँझ उपत्यकाका विभिन्न क्याम्पस अगाडी प्रदर्शन गर्ने कार्यक्रम राखिएको अनेरास्ववियूले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप