करियरको चिन्ताले मानसिक समस्यामा थिए सैफ

एजेन्सी । सैफ अली खानको गणना बलिउड फिल्मबाहेक वेव सिरिजका उत्कृष्ट कलाकारको रुपमा पनि हुन्छ । उनले करियरमा त्यस्ता धेरै शान्दार भूमिका निभाएर छन्, जो हामीलाई सधैं हुन्छ । यद्यपि, सधैं यस्तो सहज अवस्था थिएन । सैफ अली खानको जीवनमा यस्तो समय पनि थियो, जतिबेला उनी मानसिक रुपमा र पेशागत रुपमा पनि कमजोर महसुस गर्दथें ।
खानले भर्खरै एक अन्तवार्तामा यस्तो खुलासा गरेका हुन् । सैफ अलीले ती फिल्म मेकर्सहरुलाई पनि धन्यवाद् दिएका कारण जसका कारण उनले आफ्नो अभिनयमा दोस्रो इनिङ सुरु गर्ने अवसर पाए । सैफले भने, ‘साँचो भन्नुपर्दा, मलाई आफुले धेरै मिहेनत गरेको छु भन्ने लाग्छ ।
एक समय यस्तो थियो जब म मानसिक र पेशेवर तरिकाले पनि दलदलमा फसेको महसुस गथ्र्ये । मैले त्यसबाट निस्कने प्रयास गरें । यो मेरा लागि एउटा पहाड चढ्नुजस्तै थियो । मलाई लाग्थ्यों कि म बेस क्याम्प १ मा छु र मैले प्रगतिको एउटा लामो बाटो तय गर्नुछ ।’
सैफले आफ्नो कुराकानीका क्रममा आगामी फिल्म भूत पुलिसको रिलिजबारे उत्साहित रहेको बताएका छन् । यो फिल्मको ८० प्रतिशत काम सकिइसकेको उनले बताए । भूत पुलिसमा सैफ अली खान र अभिनेता अर्जुन कपूर, यामी गौतम, ज्याकलिन फर्नान्डेजलगायत कलाकार मुख्य भूमिकामा छन् । यस फिलमको सुटिङ हिमाञ्चल प्रदेशमा भएको थियो । सैफ अभिनित वेव सिरीज ताण्डव पनि रिलिज हुनेवाला छ । यसबाहेक पनि अन्य धेरै काममा सैफ सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला