सहकारीमा नयाँ नियम, १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारीले राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने
बिहीबार, २३ पुस २०७७, १६ : २२

काठमाडौं । सहकारी संस्थाहरुले गोएएमएल सफ्टवेयर सिस्टममार्फत नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा एसटिआरर टिटिआरको रिपोर्टिङ गर्नुपर्ने भएको छ । १० करोडभन्दा बढी कारोबार गर्ने सम्पूर्ण सहकारीले अनिवार्य रुपमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था सहकारी विभागले गरेको छ ।
आगामी साउनदेखि १० करोडभन्दा बढी निक्षेप तथा पुँजी भएका बचत तथा ऋण सहकारी संस्थाले गोएमएल मार्फत रिपोर्टिङ गर्नुपर्ने छ । सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरेको निर्देशन, २०७४ को दफा १९ र २० बमोजिम सहकारी संस्थाहरुले सीमा कारोबार (टिटिआर), शंकास्पद कारोबार प्रतिवेदन (एसटिआर) राष्ट्र बैंक पठाउने व्यवस्था गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा