बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आमाले ‘गाली’ गरेको निहुँमा १४ वर्षीय बालकले गरे आत्महत्या

बिहीबार, २३ पुस २०७७, १६ : १७
बिहीबार, २३ पुस २०७७

काठमाडौं । कोटेश्वरस्थित महादेवस्थान मन्दिर नजिकै १४ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् । उदयपुरको गाईघाट घर भएका आशिष चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाइ बताए ।

घरको पैसा चोरेको निहुँमा आमाले गाली गरेपछि आवेगमा उनले आत्महत्या गरेका हुन् । आमा पसलमा बसिरहेको बेला चौधरी सलको पासो लागेर झ्यालमा झुण्डिएका थिए । सल काटेर मिनभवन स्थित सिभिल अस्पताल लैजाँदा चौधरीको मृत्यु भएको बताइएको छ । उनको शव अहिले सिभिल अस्पतालमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप