बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

बिहीबार, २३ पुस २०७७, १६ : १७
बिहीबार, २३ पुस २०७७

काठमाडौं– नेपालमा आज थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४१२ पुगेको हो । 

मन्त्रालयका अनुसार ५ हजार १३२ जनामा गरिएको पीसीआर परीक्षणमा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । हाल ५ हजार ५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४८३ जना उपचारपछि निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको मन्त्रालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप