बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा यति कार्पेटको उत्पादन एबं बिक्री शुरु

बिहीबार, २३ पुस २०७७, १५ : ०९
बिहीबार, २३ पुस २०७७

काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटको उत्पादन एबं बिक्री शुरु गरेको छ ।  बिभिन्न आकर्षक रङ्गहरुमा नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफनो उत्पादन बजारमा ल्याएको हो । 

आम नेपालीहरुको घर घरमा एउटा संस्कृति भइसकेको यति कार्पेटको नेपालमा आफनो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ । बिभिन्न आकर्षक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफनो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ । 

बिश्वको उत्कृष्ट जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट अझै धेरै गुणस्तरयुक्त रहेको छ । यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठुलो कार्पेट उत्पादक कम्पनी हो । जसबाट उत्पादित कार्पेटले हरेक नेपालीको मन जित्न सफल भएको छ । 

‘कुनैपनि कार्पेट पसलमा ग्राहकहरु यतिको सामान माग्दै आइरहको यस अवसरमा हामीले शुरुवाती उत्पादनदेखि नै ग्राहकमुखी गुणस्तर र एकरुपताको निरन्तरतालाई अंगालेका छौं ।’ केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले भने । उनले अगाडि भने, ‘यतिको रिव्स जसले हर घरको शोभा बढाउँदछ र घरलाई सुन्दर र सफा बनाउँदछ यही नै यति कार्पेटको अमूल्य पहिचान भएको छ ।’

यति कार्पेट आजदेखि सर्बत्र बजारमा उपलब्ध भएको समेत जानकारी अध्यक्ष केडियाले दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप