मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

अमेरिकी संसद भवनमा सन् १८१२ को युद्धपछिको पहिलो हमला

बिहीबार, २३ पुस २०७७, १५ : ०६
बिहीबार, २३ पुस २०७७

यूएस क्यापिटल (संसद भवन) मा भएको ताजा हमला सन् १८१२ को युद्धपछिको पहिलो हमला बताइएको छ । यूएस क्यापिटल हिस्टोरिकल सोसाइटीका विशेषज्ञले यसबारे जानकारी दिएका हुन् । 

युद्धका बेला बेलायती सेनाले संसद भवनमा आगो लगाइदिएका थिए । 

भाइस एडमिरल सर एलेक्जेन्डर ककबर्न र मेजर जनरल रोबर्ट रासको नेतृत्वमा बेलायती सैनिकले सन् १८१४ अगस्टमा निर्माणाधीन संसद भवनमा आगलागी गरिएको थियो । तरपनि भवन बच्न सफल भयो किनभने अत्यधिक वर्षा भइरहेको थियो । 

बेलायती सैनिकले उक्त हमला अमेरिकी हमलाको जवाफमा गरेका थिए । संसद भवनमा हमला हुनु एक वर्ष अघि अमेरिकाले अपर क्यानडाको राजधानी योर्कमा आगलागी गरिदिएको थियो । 

बेलायती सैनिकले ह्वाइट हाउससमेत शहरका अन्य हिस्सामा पनि हमला गरेका थिए । 

त्यतिबेला क्यानडा कुनै देश नभई यो बेलायतको उपनिवेशबाट बनेको थियो ।

अमेरिकी संसद भवनमा हिंसापछि एक बयान जारी गर्दै हिस्टोरिकल सोसाइटीले भन्यो, ‘अमेरिकाको संसद भवन एउटा भवनभन्दा थुप्रै गुणा बढी हो । यो अमेरिकी लोकतन्त्र र हाम्रो बाँच्ने तरिकाको मूर्त रुप हो ।’

‘हामी कानून पालना गर्ने देश हौं र सत्ताको शान्तिपूर्ण हस्तान्तरण हाम्रो संवैधानिक गणतन्त्रको सबैभन्दा आधारभूत विशेषतामध्ये एक हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप