बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकामा एकैदिन ३८ सय ६५ जनाको मृत्यु, जापानमा संकटकालको तयारी

बिहीबार, २३ पुस २०७७, १४ : ०७
बिहीबार, २३ पुस २०७७

एजेन्सी । कोरोना भाइरसको कहर अमेरिकामा अहिलेसम्मकै उच्च देखिएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार एकैदिन यहाँ ३,८६५ जनाको मृत्यु भयो । त्यस्तै,  संक्रमित हुनेको संख्या १ लाख ४५ हजारभन्दा बढी रह्यो । । महामारी फैलिएयता यति ठूलो संख्यामा एकैदिन मानिसहरुले ज्यान गुमाएको यो पहिलोपटक हो । 

सत्ता हस्तान्तरणको विषयले अस्थिरता निम्तिदा अमेरिकी सरकारले जनताको स्वास्थमा पर्याप्त ध्यान पुुर्याउन सकेको छैन । बुधबारै संसद् भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हुुलदङ्गा गर्दा एकजनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भयो । भावी राष्ट्रपति जो बाइडेनको विजय संसद्बाट अनुुमोदन हुनबाट रोक्नका लागि ट्रम्पका समर्थकहरुले हुुलदङ्गा गरेका थिए । यद्यपी, बाइडेनको जीत संसद्ले अनुमोदन गरेको छ र अब २० जनवरीमा उनले कार्यभार सम्हाल्नेछन् ।  

अमेरिकामा २ करोड १८ लाखभन्दा धेरै जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेको छ । यसमध्ये १ करोड ३० लाखभन्दा धेरै जनसंख्या संक्रमणमुक्त भइसक्यो । ३ लाख ६९ हजार ९ सय ९० जनाले ज्यान गुमाइसकेका छन् । वल्र्डोमिटरका अनुसार अझै पनि ८४ हजारभन्दा धेरै जनसंख्या संक्रमित छ ।  अमेरिकाको छिमेकी मेक्सिकोमा पनि संक्रमितहरुको संख्या बढ्दैछ । पछिल्ला २४ घण्टामा यहाँ १३ हजार ३ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् । 

जापानमा संकटकाल 
जापानले ग्रेटर टोकियो क्षेत्रमा संकटकाल लगाउने तयारी थालेको छ । राजधानी टोकियो र देशका अन्य भूूभागमा पनि संक्रमित बढेसँगै संकटकाल लगाउनुपर्ने सुुझाव प्रधानमन्त्री योसिहिदे सुुगालाई जनस्वास्थविद्हरुले दिएका हुन् । जापानमा अहिले कोरोनाको तेस्रो लहर चलिरहेको छ । पहिलो र दोस्रो लहरको तुलनामा यो निकै घातक देखिएको छ ।

जापानमा बुधबार पहिलोपटक नयाँ संक्रमितको संख्या ६ हजार नाघ्यो । बुधबार एकैदिन यहाँ ६ हजार ४ जनामा संक्रमण देखियो । जापानमा कोरोनाका कारण अहिलेसम्म कुल २ लाख ५२ हजार ३ सय १७ जना संक्रमित भएका छन् । ३७ सय १९ जनाले ज्यान गुमाइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप