शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

बिहीबार, २३ पुस २०७७, १३ : ५३
बिहीबार, २३ पुस २०७७

बुटवल । रुपन्देहीको रोहिणीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भैरहवा–परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणी–३ रामनगरस्थित भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको बोलेरो पिकअप जीपले विपरित दिशाबाट आउँदै गरेका दुई मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा लु ३७ प ६७९८ नम्बरको मोटरसाइकल पछाडि सवार स्याङ्जा गल्याङ्ग नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र लु २१ प ७८११ नं.को मोटरसाईकल चालक देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भीम अस्पताल भैरहवामा मृत्यु भएको बताए । उक्त दुर्घटनामा घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय बिमल गैरे र देवदह कदमपुरकी २५ बर्षीय रमिता चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप